कम्पनीमा काम लगाइदिन्छु भन्दै युएई पुर्याएर बेचेको आरोपमा एक जना पक्राउ
काठमाडौँ – कम्पनीमा काम लगाइदिन्छु भन्दै युएई पुर्याएर बेचेको आरोपमा एक जना पक्राउ परेका छन्। ललितपुर महानगरपालिका वडा नम्बर ८ का ४२ वर्षीय मनोज महर्जन पक्राउ परेका हुन्। उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले गत शुक्रबार ९असार ७० गते पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। ‘उनले संयुक्त अरब इमिरेट्सको दुबई सहरमा टिस्यु पेपर प्याक गर्ने कम्पनीमा काम लगाइदिन्छु भन्दै बेचेको निवेदन आएको छ,’ मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले भने। सोही आधारमा उनलाई पक्राउ गरिएको उनले जानकारी दिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा महर्जन वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा ७ वर्ष कैद भुक्तान गरी गत चैत महिनामा मात्र...
Read More

























