Author: Himalaya Post

दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन

तनहुँ – संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई रु २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ । कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गरे । अस्पतालमा हाल दश वटा डायलाइसिस मेसिन छन् । अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा बरालले जानकारी दिए । एउटा मेसिनबाट दैनिक तीन जना बिरामीको सेवा भइरहेको छ...

Read More

सर्वाेच्चमा केदार कार्कीको रिटमा सुनुवाइ हुँदै

विराटनगर – कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले केदार कार्कीले हालेको रिटमाथि आज सुनुवाइ हुँदैछ । कार्कीले हिक्मत कार्कीको नियुक्ति खारेजी र आफूलाई पुनर्वहाली गर्न माग गर्दै दायर गरेको रिटको आज सुनुवाइ हुन लागेको हो । जेठ ३१ गते भएको सुनुवाइ हेर्दा हेर्दैमा सकिएपछि आजका लागि पेशी तोकिएको थियो । उक्त रिट सुनुवाइका लागि नकुल सुवेदी, कुमार रेग्मी र अब्दुल अजिज मुसलमान सम्मिलित पूर्ण इजलासमा पेशी चढेको छ । जेठ ३१ गतेको सुनुवाइमा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, शम्भु थापा, बद्रीबहादुर कार्की, हरिहर दाहाल, ललित बस्नेत शतिसचन्द्र खरेल, अपूर्व खतिवडाले बहस गरेका थिए । बिहीबार निवेदकका तर्फका कानून व्यवसायीको तर्फबाट मात्रै...

Read More

जसपा नेपालद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता, प्रतिपक्षमा बस्ने

बुटवल – जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै आजका मिति देखि नै सरकारलाई दिएको समर्थन फिर्ता लिदैँ प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी गराएकी हुन् । यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुसार संविधानको धारा १८८ को उपधारा २ बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको विज्ञप्तिमा उल्लेख छ...

Read More

पहिरोले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध

लमजुङ – गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले पानी परिरहेका र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताए । सडक अवरुद्ध भएपछि लमजुङबाट सङ्घीय राजधानी काठमाडौँ, गण्डकी प्रदेश राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थान जानेआउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ । बाटोमा सयौँ यात्री अलपत्र परेका छन् । यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो...

Read More

संसद् सचिवालयका कर्मचारी प्रदर्शनमा, प्रतिनिधिसभा बैठक प्रभावित

काठमाडौँ–तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधा वृद्धिको माग गर्दै संघीय संसद् सचिवालयका कर्मचारीले आन्दोलन जारी राखेका छन् । सरकारले आफुहरुको मागमा गम्भीरता नदेखाएको भन्दै उनीहरुले आइतबार संसद भवन नयाँ बानेश्वरमा प्लेकार्ड सहित शान्तिपूर्ण प्रदर्शन गरेका छन् । आफ्ना मागका बारेमा छलफल भएपनि लिखित सहमति नभएसम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन् । कर्मचारीहरूको आन्दोलनका कारण बिहान ११ बजे बोलाइएको संसद बैठक पनि प्रभावित भएको छ । संघीय संसद सचिवालय कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ लाई समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त समय काम लगाए बापतको अतिरिक्त प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने लगाएतका माग राख्दै आन्दोलनमा छन् । कर्मचारीहरुको...

Read More