Author: Himalaya Post

थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ – थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकला ओचा ओयुहु आसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राजदूत ओलीले शनिबार थाइल्याण्डको एम्फोरन राजदरबारमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत ओलीले थाई नरेशासँग शिष्टाचार भेट गरेका थिए । त्यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजदूत ओलीले थाई नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै थाइल्याण्ड अधिराज्यका मैत्रीपूर्ण जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गरे । राजदूत ओलीले नेपाल र थाइल्याण्डबीच घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको, त्यो सम्बन्ध दुवै देशका सरकार र...

Read More

ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो प्रतितोला ?

काठमाडौँ– स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु दुई हजार सात सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो । आजका लागि रु एक लाख ४२ हजार निर्धारण भएको छ । यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार तीन सय निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोला रु ५० ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु एक हजार आठ...

Read More

भारत, अमेरिकासहित ८ देशका लागि राजदूत सिफारिस

काठमाडौं – सरकारले विभिन्न ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले भारत, अमेरिका, बेलायत, दक्षिण कोरिया, मलेसिया, साउदी अरेबिया, डेनमार्क र स्पेनका लागि राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो। सत्तारुढ दलहरूको भागबन्डाअनुसार एमालेको तर्फबाट ५ जना, माओवादीको तर्फबाट १ जना र अशोक राई नेतृत्वको जसपाको तर्फबाट दुई जना राजदूतका लागि सिफासि भएका हुन् । भारतका लागि नेपालका राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी नियुक्त भएका छन्। त्यस्तै बेलायतका लागि विजय पन्त, अमेरिकाका लागि चन्द्रप्रसाद घिमिरे सिफारिस भएका छन् । यस्तै दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र डेनमार्कका लागि सुम्निमा तुलाधर...

Read More

विश्व बैँकको ८० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ – मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकन डलर बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । त्यसैगरी स्थानीय पूर्वाधार सहयोग कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशमा पछिल्लो पटक गएको भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण लागि बेलायतबाट प्राप्त हुने थप ८.१ मिलियन पाउन्डस्टर्लिग बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ । यस्तै बैठकले बैठकले यादवलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको छ...

Read More

वित्तीय परामर्श र व्यवस्थापनको लागि नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेनबीच सम्झौता

काठमाडौँ – नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल सेभेन स्टार) बीच वित्तीय परामर्श र व्यवस्थापनको लागि सम्झौता सम्पन्न भएको छ। बिहीबार नारायणहिटी उत्तर ढोकास्थित होटलको कर्पोरेट कार्यालयमा दुबै कम्पनीका उच्च पदाधिकारीको उपस्थितिमा ६ गते उक्त सम्झौता सम्पन्न भएको हो। सम्झौता पत्रमा होटलको तर्फबाट अध्यक्ष हरिप्रसाद पाठक र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई हस्ताक्षर गरेका छन् । चितवनको सौराहामा २०६७ सालमा स्थापित होटल सेभेन प्रा.लि. दुई तारे सुविधा सम्पन्न होटल हो। ५२ कट्ठा जग्गामा निर्मित होटलमा सुविधा सम्पन्न ४८ कोठा, स्वीमिङ पुल, छुट्टै रेष्टुरेन्ट, तिनवटा सेमिनार हलहरू रहेका छन्। होटलले निकट भविष्यमा स्वदेशी तथा विदेशी पर्यटकलाई...

Read More