संघीय संसद भवन निर्माणको भौतिक प्रगति ८१ प्रतिशत
काठमाडौँ – सरकारले सिंहदरबारमा बनाइरहेको संघीय संसद भवनको ८१ प्रतिशत भौतिक प्रगति भएको छ । सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रिय सभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगतको विशेष भवन निर्माण आयोजनाका निर्देशक मचाकाजी महर्जनले नयाँ संसद भवनको भौतिक प्रगति ८१ प्रतिशत र वित्तिय प्रगति ६७ प्रतिशत रहेको जानकारी दिए । उहाले आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्न मिल्ने गरी निर्माण कार्यलाई तीव्र रुपमा अघि बढाएको बताए । नयाँ संसद भवन परिसरमा प्रतिनिधिसभा र राष्ट्रियसभाका साथै पुस्तकालय तथा अतिबिशिष्ठ कक्ष निर्माणको संरचनात्मक काम सकिएको उनले बताए । उनले भवनको छत हाल्ने...
Read More

























