Author: Himalaya Post

आज मेलम्ची बन्द नहुने, सावधानी अपनाएर पानी पठाइँदै

काठमाडौँ– सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिएकामा तत्काल बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आजदेखि आयोजना बन्द गर्ने तयारी गरे पनि मेलम्ची नदीको पानी नधमिलिएकाले सावधानी अपनाएर उपत्यकामा पानी पठाइने समितिले जनाएको हो । बागमती प्रदेशमा मनसुन सक्रिय भएसँगै मनसुनजन्य विपद्बाट आयोजना जोगाउन सरकारले आयोजना बन्द गर्ने तयारी गरेको थियो । गत जेठ ३१ गते आयोजना बन्द गर्ने भनिएकामा ठूलो वर्षा नहुँदासम्म पानी बन्द नगर्ने निर्णय भएपछि निरन्तर सञ्चालन गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने बताए । ‘बागमती प्रदेशमा मनसुन सक्रिय हुन थालेको ठूलो पानी आएर मेलम्ची नदीको...

Read More

कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया सुरु

काठमाडौँ– निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाई समिति बैठकले प्रधानको सुनुवाईका लागि सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको हो । प्रधानविरुद्ध कुनै सूचना वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको समिति सभापति पशुपतिशम्सेर जवराले जानकारी दिए । गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो...

Read More

उपप्रधानमन्त्री श्रेष्ठ ‘एसिया सहयोग संवाद’मा भाग लिन इरान जाँदै

काठमाडौँ – उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया सहयोग संवाद (एसीडी) का सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको १९ औँ बैठकमा भाग लिन शनिबार इस्लामिक गणतन्त्र इरान प्रस्थान गर्नेछन् । उनी इरानको राजधानी तेहरानमा सोमबार (असार १० गते) आयोजना हुने उक्त बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठले बैठकका अवसरमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । मन्त्रिस्तरीय बैठक अघि मन्त्रालयको क्षेत्रीय सङ्गठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगरले यही असार ९ गते हुने एसिडीका वरिष्ठ अधिकारीहरूको बैठकमा भाग लिनेछन् । उपप्रधानमन्त्री श्रेष्ठ यही असार १२ गते स्वदेश फर्किने तालिका छ...

Read More

भारतीय दूतावासद्वारा पोखरा रंगशालामा मेगा योगा प्रदर्शन

पोखरा– पोखरा रंगशालस्थित मेगा योगा प्रदर्शन सम्पन्न भएको छ । भारतीय दूतावासले पोखरा महानगरपालिको सहकार्यमा पोखरा रंगशालस्थित मेगा योगा प्रदर्शन सम्पन्न गरेको हो । अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा आयोजित सो कार्यक्रममा ५ हजार भन्दा बढी योग अभ्यासीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपस्थिति रहेको थियो । उनीहरुले पोखरामा यति ठूलो योगा दिवस कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदैँ यसले सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन मद्दत पुग्ने बताए । साथै उनीहरुले यसलाई वार्षिक कार्यक्रम बनाउन समेत सुझाव दिए । कार्यक्रममा बोल्दै भारतीय राजदूतावास नवीन श्रीवास्तवले ‘आफ्नो तथा समाजको लागि योगा’...

Read More

अन्तर्राष्ट्रिय योग दिवस : पोखराको तीन प्रख्यात स्थलमा योग प्रदर्शन उत्सव (फोटोफिचर)

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवस २०२४ को पूर्वसन्ध्यामा नेपालस्थित भारतीय राजदूतावासले पोखराका तीन प्रख्यात स्थलमा योग प्रदर्शनको आयोजना गरेको छ । सहभागीहरुले अन्नपूर्ण हिम श्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्दै रमणीय सराङ्कोट भ्यू पोइन्टमा सूर्योदय योग गरेसँगै कार्यक्रमको सुरुवात भएको थियो । यसपछि पोखरा नजिकैको पुम्दीकोटस्थित श्रद्धेय शिव मन्दिरमा योग प्रदर्शन गरिएको थियो । यस कार्यक्रमका लागि एक अत्यन्तै राम्रो पृष्ठभूमि प्रदान गरेको पुम्दीकोटस्थित शिव मन्दिर शान्त वातावरण र भव्य दृश्यका लागि परिचित छ । योग अभ्यासका समग्र अनुभवलाई वृद्धि गर्दै सहभागीहरु प्रकृति र आध्यात्मिकतासँग जोडिन सफल भएका थिए । भारतीय राजदूतावासले पोखरा नजिकैको रमणीय अनदु डाँडामा अवस्थित नेपालको पहिलो विश्व...

Read More