किशोरीहरुलाई विद्यालयमै आत्मरक्षा तालिम
मनहरी – मकवानपुरको कैलाश गाउँपालिकाका एक सय ५० किशोरीलाई सुरक्षा तथा आत्मरक्षासम्बन्धी तालिम प्रदान गरिएको छ। किडपावर नेपालको सहयोगमा गाउँपालिकाद्वारा किशोरीहरुलाई तालिम प्रदान गरिएको हो। कैलाश गाउँपालिका–३ कालिकाटारस्थित भवानी माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत ५० जना छात्रालाई तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले बताए। उनले छात्राहरुको आत्मरक्षा र सुरक्षाका लागि आगामी नीति तथा कार्यक्रममा समट्दै गाउँपालिकाका सबै छात्राहरुलाई उक्त तालिम प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। भविष्यमा यौनजन्य हिंसा मात्र नभई घरेलु हिंसाबाट बच्न यी तालिमले छात्राहरुलाई थप सहजता हुने उनले बताए। ‘हामी पहिलो चरणमा दुई विद्यालयमा गर्ने छौँ भने आगामी वर्षमा सबै विद्यालयका किशोरीलाई...
Read More

























