Author: Himalaya Post

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमई बैंकको नयाँ एटीएम सञ्चालन

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो । उक्त नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या ३८४ पुगेको छ । यसैगरी, विमानस्थलकै आन्तरिक टर्मिनलमा रहेको एटीएम सेवालाई सेल्फी लिने स्थानमा स्थानान्तरण गरिएको छ । दुवै टर्मिनलमा रहेका एटीएम मेशिन २४ सै घण्टा सञ्चालनमा रहने छन् । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन...

Read More

शिक्षामन्त्री श्रेष्ठका १ सय दिन : शैक्षिक क्षेत्रको सुधारमा सकारात्मक प्रयास

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीति मुक्त बनाउने एजेण्डालाई प्रभावकारी बनाइने बताएकी छन् । आफ्नो कार्यकालको १०० दिनमा भएका काम र भावी योजनाका बारेमा जानकारी दिन मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले आफु अन्तिमसम्म पनि शिक्षा क्षेत्रलाई राजनीति मुक्त बनाउने एजेण्डा कार्यान्वयन गर्न लागिपर्ने बताइन् । अहिलेसम्म ८ सय भन्दा बढी शिक्षकहरुले राजनीतिक आवद्धता त्यागेपनि चित्तबुझ्दो भने नरहेको उनले बताइन् । उनले यसलाई प्रभावकारी बनाउन निर्वाचन आयोगसंग तथ्याङ्क समेत माग गरेको धारणा राखिन् । मन्त्री श्रेष्ठले काजमा गएका कर्मचारीको तथ्याङ्क नरहेको र पालिकामा समेत शिक्षकहरुलाई राखिएको अवस्थामा त्यसलाई व्यवस्थित पार्ने काम सुरु गरिसकेको...

Read More

नेप्से १८.७६ अंकले घट्यो, ४ अर्बको कारोबार

काठमाडौँ– सार्वजनिक बिदापछि खुलेको शेयर बजार मापक नेपाल एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। मंगलबार नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ को विन्दुमा कायम भएको हो। यस दिन ९५ लाख ४४ हजार ७३४ कित्ता शेयर किनबेच हुँदा चार अर्ब पाँच करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि गत आइतबार बजार १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रहँदा एक करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर पाँच अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको थियो। गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा कारोबार रकम ६ अर्ब ४४ करोड ३०...

Read More

बजेटमा विभेद भएको सांसदको गुनासो

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको बजेटमा विभेद भएको गुनासो गरेका छन् । शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुँदा कुनै जिल्ला तथा निर्वाचन क्षेत्रमा अत्यधिक तर कुनै जिल्लामा आवश्यक योजना तथा कार्यक्रमका लागि समेत बजेट नपरेको धारणा सांसदहरूबाट आएको हो । विनियोजन विधेयक, २०८१ माथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले बजेटमाथिको विभेदले सन्तुलित विकास हुन नसक्ने बताए । साथै उनीहरूले मुलुकको परराष्ट्र नीतिको प्रभावकारी कार्यान्वयन गर्दै कूटनीतिक सम्बन्धलाई प्रगाढ तुल्याइनुपर्नेमा जोड दिए । सांसद अर्जुननरसिंह केसीले बजेटमाथिको क्षेत्रगत विभेदले सन्तुलित विकास हुन नसक्ने धारणा राखे । उनले सिङ्गो प्रदेशको तुलनामा एउटा जिल्लामा बजेट विनियोजन हुनु अत्यन्त दुःखद् विषय भएको बताए । ‘पक्षपाती ढङ्गले बजेट विनियोजन गरिनुहुन्न । यो खालको पक्षपात र असन्तुलित विनियोजनले आम जनतामा असन्तुष्टि बढ्छ, त्यसैले मुलुक र जनताको समान हितलाई ध्यान दिएर बजेट केन्द्रित गरिनुपर्छ,’  सांसद केसीले भने । मुलुकमा देखिएका चूनौती र सम्भावनालाई साकार पार्न राष्ट्रिय सहमतिका साथ आगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । सांसद केसीले गृह मन्त्रालयको एक सय दिनको कामको परिणाम सन्तोषजनक नरहेको बताए । उनले पटक-पटक प्रहरी सङ्गठनमा अदली–बदली हुने गरेको भन्दै सुरक्षा निकायमा समान अवसर र प्रोत्साहनको जरुरी भएको उल्लेख गरे । सांसद रघुजी पन्तले बजेटमा विभेद हुन नहुने धारणा राखे । ‘म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विषयमा धेरै टिप्पणी गर्न चाहन्न । सत्ता र प्रतिपक्षी सांसदले धेरै कुरा गरिसक्नुभएको छ,’ उनले भने, ‘मन्त्री एउटा निर्वाचन क्षेत्र र एउटा जिल्लाको...

Read More

काठमाडौँ महानगर कार्यालयअघि कवाडी व्यवसायी र प्रहरीबीच झडप

काठमाडौँ – कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालीका घेराउ गर्न खोज्दा कवाडी व्यवसायी र प्रहरीबीच झडप भएको छ । काठमाडौं महानगरको डोजर आतंक बन्द गर भन्दै काठमाडौं प्लाजा कमलादीस्थित महानगरपालीका घेराउन गर्न खोज्दा प्रहरीले रोकेको थियो । सो क्रममा प्रहरी र व्यवसायीबीच झडप भएको हो । महानगरपाली घेराउ गर्न प्रहरी रोकेपछि प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले हस्तक्षेप गरेको थियो । झडपका कारण केही प्रदर्शनकारी घाइते भएका छन् । कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा रिङरोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध विरोध र्यालीसहित प्रदर्शन गरिएको थियो । प्रदर्शनका क्रममा ठूलो संख्यामा प्रदर्शनकारी महानगर घेराउन गर्न...

Read More