जनतालाई आशा र भरोसा जगाउने काम गरेका छौँ : रक्षामन्त्री उप्रेती
काठमाडौं – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली जनताको आशा र भरोसा जगाउने गरी रक्षा मन्त्रालय र मातहतका निकायबाट कार्यसम्पादन भइरहेको बताएका छन्। रक्षा मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिन पूरा भएको सन्दर्भमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रालय मातहत सञ्चालित आयोजनामध्ये अधिकाशको यस अवधिमा प्रगति सन्तोषजनक रहेको स्पष्ट पारे। मन्त्री उप्रेतीले भने, ‘राष्ट्रिय गौरवलगायतका आयोजनाको हालसम्मको कार्यप्रगतिबाट नेपाली सेनाप्रति जनतामा आशा, विश्वास र भरोसा बढाएको छ।’ त्यसअवसरमा रक्षामन्त्री उप्रेतीले मन्त्रालयको नेतृत्व लिएयता भएका प्रमुख नीतिगत, कानुनी, संस्थागत र प्रक्रियागत सुधारका विषयबारे जानकारी गराएका थिए। उनले नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको काठमाडौ–तराई–मधेस द्रुतमार्गको भौतिक प्रगति ३४ दशमलव ८२ प्रतिशत र...
Read More

























