Author: Himalaya Post

कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोडको बजेट

काठमाडौँ – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार बसेको कोशी प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । जसमा चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख र पूँजीगत तर्फ १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थापनबाट २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ५८ करोड ५० लाख विनियोजन गरिएको मगरले जानकारी दिए । त्यस्तै चालू खर्चमध्ये संघीय अनुदानतर्फ फिर्ताका लागि ३ अर्ब रहेको उनले बताए । मन्त्री मगरले अनुमान गरिएको खर्चको...

Read More

कर्णाली प्रदेशको बजेट ३१ अर्ब ४१ करोड

कर्णाली – कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सार्वजनिक गरेको छ । शनिबार कर्णाली प्रदेश सभा बैठकका प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख रहेको छ । त्यस्तै वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहका वित्तीय हस्तान्तरण ४ अर्ब ८३ करोड विनियोजन गरिएको मन्त्री केसीले जानकारी दिए । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको बजेटको स्रोतमध्ये आन्तरिक राजस्वबाट ८३ करोड ४४ लाख, चालू आर्थिक वर्षको बचतबाट...

Read More

दक्षिण अफ्रिकासँग इतिहास रच्न १ रनले चुक्यो नेपाल

काठमाडौँ – अमेरिका र वेष्टइण्डिजमा जारी आईसीसी टी–२० क्रिकेट विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले स्तब्ध बनाएको छ । शनिबार नेपाल १ रनको झिनो पराजयसँगै विश्वकप प्रतिस्पर्धाबाटै बाहिरिएको हो । सेन्टभिन्सेन्टको किंग्सटनस्थित आर्नस भाले मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अप्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११६ रन बनायो । ११६ रनको जवाफी ब्याटिङमा उत्रिएको नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रनमै समेटिएको हो । अन्तिम ओभरमा ८ रन चाहिएको अवस्थामा नेपालले ६ रन मात्रै बनायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९ बलमा ४ चौका र १ छक्का...

Read More

विनियोजन विधेयक : विभिन्न चार मन्त्रालयका शीर्षकमाथि छलफल

काठमाडौँ – प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफल जारी छ । विधेयकमाथि जारी छलफलअन्तर्गत आज वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल भएको छ । छलफलमा सांसदहरू डिगबहादुर लिम्बू, सुहाङ नेम्वाङ, मनबहादुर गुरुङ, मीना तामाङ, चन्दा चौधरी, निर्मला कोइराला, पूर्णबहादुर तामाङ, प्रेमबहादुर महर्जन, प्रतिमा गौतम, मानवीर राई, देवप्रसाद तिमिल्सेना, रुक्मिणी राना बराइली, रुपा विक, वासुदेव घिमिरे जाबेदा खातुन जागा, सम्झना थपलिया, प्रतीक्षा तिवारी, ठाकुरप्रसाद गौरेलगायतले आफ्ना धारणा व्यक्त गर्नुभयो । आगामी बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयअन्तर्गत...

Read More

राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति

बाँके – बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ । ‘चालु आर्थिक वर्षमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ ८३ करोड ९८ लाख विनियोजन भएको थियो, जेठ मसान्तसम्म ७६ करोड ५२ लाख २७ हजार बजेट खर्च भइसकेको छ,’ आयोजनाका इन्जिनियर सन्देश पौडेलले भने। चालु आर्थिक वर्षमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहरको बाँकी कामको ठेक्का व्यवस्थापन, पश्चिमी मूल नहरतर्फका प्रसेनीपुर, अकलघरवा तथा गोहा शाखा नहरको ठेक्का सम्झौता गरी निर्माण, गुरुवागाउँ शाखा नहर निर्माण, विभिन्न शाखा, प्रशाखा नहरका लागि आर्थिक वर्ष आवश्यक पर्ने जग्गा अधिग्रहण गर्नेलगायत काम भएको उनले बताए। सिक्टा सिँचाइ आयोजनालाई...

Read More