Author: Himalaya Post

गृहमन्त्री लामिछानेले १०० दिनमा के-के काम गरे ?

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले विभिन्‍न सरकारी सेवासँग राष्ट्रिय परिचयपत्रको अन्तरआवद्धता गर्ने कार्यलाई तीव्रता दिएको बताएका छन् । आफ्नो कार्यकालको १०० दिनको उपलब्धी सार्वजनिक गर्न शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा लामिछानले सिमकार्ड जारी, सामाजिक सुरक्षा कोषका सेवा, कम्पनी दर्ता तथा नवीकरण, भूमि किनबेच, सवारी साधन दर्ता तथा नवीकरण आदि सेवाका लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने व्यवस्था क्रमशः लागु गर्ने स्वीकृती प्राप्त भएको जानकारी दिएका हुन् । उनले कानून बमोजिम विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मी पदाधिकार रहेको कार्यालयमा फिर्ता बोलाउन निर्देशन दिएको बताए । यसबाट नेपाल प्रहरीतर्फ १०७ जना र सशस्त्र प्रहरी बल, नेपाल...

Read More

मुलुकको राजनीतिक अस्थिरताको शिकार हाम्रो पार्टीलाई बनाइयो : उपेन्द्र यादव

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको राजनीतिक अस्थिरताको शिकार आफ्नो पार्टीलाई बनाइएको बताएका छन् । शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले राजनीतिक अस्थिरताका दौडमा राज्यको प्रयोग वा अन्यबाट आफ्नो पार्टी फुटाइएको बताए । उनले सत्ता टिकाउन आफुले नै जसपा नेपाल फुटाएको भन्दै प्रधानमन्त्रीले भाषण गरेको अवस्थामा अन्य शंका गर्ने अवस्था नरहेको धारणा राखे । यादवले महाधिवेशनले पार्टीप्रतिको जनसमर्थन देखाइसकेको भन्दै पार्टी फुटले कुनै असर नपर्ने उल्लेख गरे । नेपालको इतिहासमा मधेशका शक्तिहरु तरवारको धारबाट हिडिरहेको र यसकाविरुद्ध हमेशा षड्यन्त्र हुँदै आएको उनले बताए । यादवले कुनै पनि पार्टी गैर मुद्धा, गैर सैद्धान्तिक आधारमा...

Read More

सोमबार सार्वजनिक बिदा

काठमाडौँ – सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल–अजहा) का अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टराइद्वारा प्रकाशित सूचनामा २०८१ साल असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएको छ...

Read More

देशमा केही भएको छैन, केही हुँदैन भन्ने भाष्य गलत सावित भएको छ : प्रधानमन्त्री

हेटौँडा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले देशमा आशाको सञ्चार प्रवाह गरेको बताएका छन्। हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ठूला–ठूला पूर्वाधार निर्माण सम्पन्न हुनुले देशमा मौलाएको गलत भाष्य र चचालाई तथ्य र तथ्याङ्कसहित निस्तेज तुल्याएको बताए। ‘तीन ठूला सबस्टेसनहरू नेपालका नदी तथा खोलानालाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न, पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र नेपाल र भारतबीचको द्विदेशीय विद्युत् व्यापारका लागि मात्र नभएर उपक्षेत्रीय तथा क्षेत्रीय विद्युत् व्यापारका लागि सबस्टेसनहरू मेरुदण्ड (ब्याकबोन) का रूपमा रहनेछन्,’ प्रधानमन्त्री प्रचण्डले...

Read More

मुगुमा बेमौसमी सिमी उत्पादन भएपछि तरकारीको समस्या हट्यो

मुगु – सोरु गाउँपालिका–८ कच्चे गाउँका मदुकला कार्कीलाई आजभोलि घर परिवारका लागि खानासँगै तिउन तरकारी के बनाउने भन्ने झर्को लाग्न छोडेको छ । कच्चेकी अर्की गृहिणी नन्दादेवी बुढा एक वर्षअघिका दिन सम्झँदै भन्छिन् “बिहान बेलुका खाना बनाउन लाग्दा के तिउन, तरकारी बनाउने भनेर सधैँ चिन्ता लाग्ने गरेको तर अब त्यो झर्को टरेको छ ।” उनीहरुमा मात्र होइन यस वर्षको जेठ, असारमा कच्चे गाउँका सबै घरधुरीका गृहिणीलाई भात, रोटीसँगै खान तरकारी र दालको झर्को टरेको छ । कच्चे गाउँका चक्रबहादुर कार्की विगत वर्षहरुमा असारमा सिमी, मास तथा अन्य गेँडागुडी लगाएर कात्तिकमा पाक्ने र टिप्ने गर्थे । उनले वर्षमा एकचोटि मात्र...

Read More