Author: Himalaya Post

बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको ३०३ औ शाखा सञ्चालनमा

बैतडी– प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आजदेखि दशरथचन्द नगरपालिका,वडा नं.२ स्थित देहीमाण्डौ मा आप्mनो ३०३ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ । प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ । बैंकको देहीमाण्डौं शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र...

Read More

काभ्रे प्रहरीको ‘अप्रेशन महाभारत’ सक्सेस्, दम्पत्ति हत्या गर्ने अभियुक्त सार्वजनिक

काठमाडौ– काभ्रे प्रहरीले जिल्लाको महाभारत गाउँपालिका वडा नम्बर ४ तिनखुट्टेमा दम्पत्ति हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेलमा पत्रकार सम्मेलन गर्दै तिनखुट्टेमा जेठ ७ गते भएको दम्पत्तिहत्यामा संलग्नलाई पक्राउ गरि सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय काभे्रका प्रमुख एसपी बशुन्धरा खड्काका अनुसार दम्पत्तिको हत्यामा संलग्न सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर १ घर का ३८ वर्षीय एकेन्द्र सार्की हुन् । प्रहरीले ‘अप्रेशन महाभारत’ नाम दिएर दम्पत्तिको हत्यामा संलग्नको खोजी गरेको थियो । एकेन्द्रले जेठ ७ गते राती मान बहादुर बल र निजको श्रीमती केकै माया तामाङलाई फलामको रड र फलामको घन...

Read More

अमेरिकामा क्यानका पदाधिकारीले आर्थिक अनियमितता गरेको भन्दै सदनमा छानविन समितिको माग

काठमाडौँ– नेकपा एमालेका सांसद भीम आचार्यले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरुले अमेरिकामा आर्थिक अनियमता गरेको भन्दै छानविन समिति बनाउन माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले क्यानका पदाधिकारीले अमेरिकामा अवैध रुपमा सहयोग संकलन गर्ने र उनीहरुको मिलोमतोमा महङ्गोमा नेपालको जर्सीसमेत बिक्रिवितरण भइरहेको गुनासो आएकाले छानविन समिति बनाउन माग गरेका हुन् । उनले विश्वकप खेल्ने नेपाली खेलाडीहरुलाई होटलमा उभ्याएर चन्दा उठाएको आरोप लगाए । खेलाडीले हस्ताक्षर गरेको खेल सामाग्रीहरु पनि मर्यादाहिन ढंगले बिक्रिबितरण गरेको र त्यसको लाभ क्यान पदाधिकारीले लिएको उनको आशंका छ । त्यस्तै उनले विश्वकप खेल्नका लागि क्यानको कमजोरीका कारण सन्दीप लामिछाने समयमा नै खेलमा सहभागी...

Read More

उफ् ! गर्मी

काठमाडौं – हिजो अपराह्न यो समाचार तयार पार्दासम्ममा नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस पुगेको थियो। नेपालगञ्ज नेपालकै तातो ठाउँका रुपमा जानिन्छ। त्यस्तै धनगढीको तापक्रम ४२ डिग्री पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको थियो। यता काठमाडौंको अधिकतम तापक्रम भने ३१ डिग्री सिल्सियस मात्र पुग्दा तराईभन्दा बढी अत्तालिएका देखिन्छन् राजधानीवासी। गर्मीको तात्तातो चर्चा काठमाडौंमै बढी देखिन्छ। ‘उफ् गर्मी पनि कति साह्रै बढेको? पहिलेपहिले त यस्तो उल्का गर्मीको महसुसै भएको थिएन’ काठमाडौं उपत्यकाका नागरिकको वार्तालापको पहिलो बाक्य अहिले यही हुने गरेको छ। ललितपुरस्थित गोदावारी नगरपालिकाकी राधा घिमिरे भन्छिन्, “गर्मी पनि कति साह्रै बढेको हो? यसो बाहिरै नै निस्कन सकिँदैन। घरमा मात्रै बस्दाबस्दा अत्यास नै लाग्ने। पहिले त चितवनतिर जाँदा मात्र यस्तो अनुभव हुन्थ्यो, यहाँ यस्तो गर्मी भएजस्तै लाग्दैनथ्यो।” काठमाडौं बूढानीलकण्डकी शोभा सापकोटालाई पनि पहिलाभन्दा यसपटक धेरै गर्मी भएको अनुभव भएको छ। “४० वर्ष भइसक्यो काठमाडौं बसेको, यस्तो गर्मीको अनुभव त छँदै थिएन,” उनी भन्छिन्, “अत्यार नै लाग्दो गर्मी पनि। अझै तराईमा कस्तो होला ?” उनीहरु मात्रै होइन। सिन्धुली घर भई भक्तपुर लोकन्थली बस्ने दुर्गा तिमल्सिनालाई पनि गर्मीले निकै अत्याएको छ। “अहिलेको जस्तो गर्मी पहिले कहिल्यै अनुभव भएन, गर्मीले रिंगटा नै लाग्छ,” उनी भन्छिन्, “पहिलापहिला त काठमाडौँ आउँदा पंखा नै नलगाई बस्न सकिन्थ्यो, यो पटक त पंखाले पनि गर्मी छेक्नै सक्दैन।” धनगढी, नेपालगञ्जलगायत तराईका क्षेत्रको जस्तो गर्मी उपत्यकामा छैन, तर अझै यहाँका मानिसहरुलाई गर्मीले अत्याएको छ। त्यो ४० डिग्री सेल्सियस आसपासको तापक्रममा बस्नेहरुलाई गर्मीले कति अत्याएको होला? घाम भनेर काम छलेर बस्न...

Read More

विश्वकप क्रिकेट : अष्ट्रेलिया ‘सुपर–८’ मा प्रवेश

काठमाडौँ– आईसीसी टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार तेस्रो जित निकालेको छ । अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले हराएको हो । यो जितसँगै अस्ट्रेलिया नवौँ विश्वकपको ‘सुपर ८’ चरणमा पुग्ने दोस्रो टोली पनि बनेको छ । बिहान भएको खेलमा अष्ट्रेलियाले नामिबियालाई एक विकेटको क्षतिमा ५ ओभर ४ बलमै लक्ष्य पुरा गरेको हो । अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले ८ बलमा २० रन जोडे । उनी दोस्रो ओभरमा आउट भएका थिए । अर्का ओपनर ट्राभिस हेडले ५ चौका र २ छक्कासहित ३४ रन जोडे । कप्तान मिचेल मार्सले ९ बलमा ३ चौका र १ छक्कासहित १८ रनको योगदान दिए । त्यसअघि नामिबियाले...

Read More