स्याङ्जामा रुखबाट लडेर एक महिलाको मृत्यु
स्याङ्जा– स्याङजामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका वडा नं. ७ साँखर बस्ने वर्ष ३५ की सृजना ढकाल रहेको प्रहरीले जनाएको छ । बुधवार बिहान घर नजिकै बारीमा पिपलको रूखमा घाँस काट्न गएकी ढकाल रुखवाट खस्दा घाइते भएकी थिइन् । घाइते ढकाललाई स्थानीय र प्रहरीले तत्कालै उद्धार गरी उपचारको लागी पाल्पाको रामपुर अस्पतालमा पठाइएकोमा उपचारको क्रममा बिहान मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय स्याङजाका सूचना अधिकारी ईन्द्रबहादुर रानाले जानकारी दिए...
Read More

























