Author: Himalaya Post

पूर्वबाट भित्रियो यसवर्षको मनसुन प्रणाली

काठमाडौं- यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी भू-भागबाट अन्य भू-भागमा क्रमिक रुपमा मनसुन सर्दै जाने महाशाखाले अनुमान गरेको छ । यस वर्ष मनसुनमा गत वर्षभन्दा देशका अधिकांश स्थानमा बढि पानी पर्ने पनि महाखाको अनुमान छ । यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ...

Read More

विदेशी विनिमय सञ्चिति करिब साढे १९ खर्ब पुग्यो

काठमाडौँ – चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो सुधार देखिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार एक वर्षभन्दा बढी समयको वस्तु तथा सेवाको आयात धान्ने विनिमय सञ्चिति रहेको देखिएको हो । वि.सं.२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६ दशमलव दुई प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तमा १९ खर्ब ४२ अर्ब ४० करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ वैशाख मसान्तमा...

Read More

गण्डकीमा ‘फ्लोर क्रस’ गर्ने सांसदमाथि कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकी प्रदेशसभामा माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव जितेका सांसद सांसद फणीन्द्र देवकोटालाई कारबाही गर्ने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर सोमबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग बोल्दै प्रधानमन्त्री प्रचण्डले सांसद देवकोटालाई निलम्बन गर्ने बताएका हुन् । ‘जसले संविधान र कानुनको मान्यता र मर्मविपरित फ्लोर क्रस गरेकोमा स्वभावित रुपमा कारवाही हुन्छ । पार्टीले ह्वीप जारी गरिसकेको थियो ।’ उनले भने, ‘ह्वीप तोड्नेलाई कारवाही हुन्छ । निलम्बनको प्रक्रिया अघि बढ्छ ।’ सोमबार सांसद देवकोटाले माओवादी केन्द्रको ह्वीप विपरित गएर गण्डकीका मुख्यमन्त्री सुरेन्द्र...

Read More

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता, मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौँ – प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर स्वदेश फर्किएका छन् । मोदीको प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालको शपथका लागि आइतबार भारतको नयाँ दिल्ली गएका प्रधानमन्त्री समारोहमा सहभागी भएर सोमबार साँझ स्वदेश फर्किएका हन् । सोमबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग बोल्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण फलदायी भएको बताए । प्रधानमन्त्री प्रचण्डले आइतबार मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुका साथै विभिन्न भेटघाट समेत गरेका थिए । त्यसक्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग छुट्टछुट्टै भेटवार्ता गरेका थिए । भेटमा द्विपक्षीय सम्बन्ध र आपसी सहयोग र दुई देशबीचको विगतमा...

Read More

कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय प्रमुख सहसचिव हुने व्यवस्था गर्न निर्देशन

काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले तत्काल कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी कार्यालय प्रमुख हुने गरी व्यवस्था गर्न निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले मुलुकमा बेरुजु बढ्दै गएकोले आर्थिक अनुशासन र वित्तीय अनुशासन कायम गर्न पुराना बेरुजु असुल उपर गरी समयमा फछर्यौट गर्नुपर्ने भएकाले तत्काल कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी कार्यालय प्रमुख हुने गरी व्यवस्था गर्न निर्देशन दिएको हो । बैठकले बेरुजु फछर्यौट समितिको सचिवालयको रुपमा समेत यस कार्यालयले काम गर्ने भएकाले उक्त समितिमा रहने सदस्यहरुको सिघ्र छनौट गर्न र कार्यालय व्यवस्थापन गर्न समेत निर्देशन...

Read More