Author: Himalaya Post

स्थानीयले घर टहरा भत्काउन नमान्दा रोकियो मुग्लिन-पोखरा सडकको काम

दमौली (तनहुँ)– निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारमा केही संरचना हटाउन ढिलाइ भएको छ। सडक मापदण्डभित्र रहेका संरचना हटाउन आनाकानी गर्दा सडक विस्तार प्रभावित भएको हो। वडा कार्यालयले सडकखण्डमा पर्ने घरटहरा अविलम्ब हटाउन सम्बन्धित घरधनीलाई अनुरोध गरेको छ। वडाध्यक्ष शिवकुमार श्रेष्ठले बुधबार सूचना प्रकाशन गरी घरधनी पर्शुराम अधिकारी, प्रकाश अधिकारी, ध्रुव प्रधान, पम्फा श्रेष्ठ, टीकाराम अधिकारी, शुकबहादुर, कृष्णकुमारी कायस्थ र भक्तबहादुर सुनारलाई सडक क्षेत्रभित्र पर्ने आफ्ना घरटहरा अविलम्ब हटाइ सडक विस्तारमा सहयोग गर्न अनुरोध गरेका छन्। गाउँपालिकाको खण्डमा सडक निर्माण क्षेत्रमा पर्ने हटाउनुपर्ने घरटहरामध्ये अधिकांश घरटहरा सम्बन्धित घरधनीले हटाइ सडक निर्माण विस्तारमा सहयोग भइरहेकामा आठ जना घरधनीले पटकपटक...

Read More

संसदमा मैले कसैलाई दोषारोपण गरेको छैन, त्यसबारे जवाफ दिन तयार छु : गृहमन्त्री लामिछाने

काठमाडौँ– उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसदमा आफुले कसैको नाम नलिएको र कसैलाई दोषारोपण नगरेको बताएका छन् । आइतवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानेले आफुले संसदमा बोलेको कुरालाई नेपाली कांग्रेसले संसदीय मल्य मान्यता र मर्यादाहिन भएको आरोप लगाएपछि आफु त्यसबारे जवाफ दिन तयार रहेको समेत बताए । उनले आफुले सञ्चारमाध्यममा आएका अन्य बिषयहरु सदनमा राखेको प्रष्ट पारे । लामिछानेले अनुसन्धानको विषय वाहिर हल्ला नहुने बताउदै विभिन्न घोटाला काण्डहरुको छानबिन कार्य भईरहेको र समय आएपछि त्यसबारे जानकारी दिए । गृहमन्त्री लामिछाने विराटनगरमा सुरक्षा गोष्ठी लगायत विभिन्न कार्यक्रम सम्बोधन गर्न विराटनगर पुगेका हुन्...

Read More

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस सम्पन्न

देवघाट– देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको ९९ औं वार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी अष्टाङ्ग योगसिद्ध ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) को ४९ औं स्मृति दिवसको अवसरमा शनिबार आश्रम परिसरमा विभिन्न कार्यक्रमको आयोजना गरियो । आश्रमका पिठाधिश अनन्त श्री विभुषित महामन्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रमका पिठाधिश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती तथा महेश सन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजले देवघाटको महिमाको चर्चा गर्दै गुरुकुल र आश्रमहरुको थलोको रुपमा रहेको देवघाटलाई राज्यले उपेक्षा गरेको बताए । देवघाटको ठुलो महिमा भएको हुँदा यसलाई राज्यले चिन्नुपर्ने सन्तहरुको...

Read More

कालीगण्डकी करिडोर : फलेवास–अर्मादी खण्ड निर्माणमा ढिलासुस्ती

पर्वत – निर्माणाधीन उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडक छ वर्षसम्म पनि पूरा हुन सकेको छैन । करिडोरको पर्वत खण्डअन्तर्गत मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि फलेबास–अर्मादी खण्डको १४ किलोमिटर सडक ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र छ । पटक–पटक म्याद थप गर्दा पनि अहिलेसम्म सडकले पूर्णता पाउन नसकेको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ । विसं २०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्ने भए पनि अझै २० प्रतिशतभन्दा बढी काम बाँकी छ । सम्झौता अवधि सकिएको छ वर्षसम्म पनि सडकको काम अलपत्र बनेको हो । सुरुआतमा ठेकेदारले...

Read More

प्रतिनिधिसभाको आज र भोलिको बैठक स्थगित

काठमाडौँ– प्रतिनिधिसभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित भएको छ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २७ गतेदेखि नियमित छलफल हुनेछ । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको हो । सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक...

Read More