Author: Himalaya Post

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सीबी लामा सार्वजनिक

काठमाडौँ – प्रहरीले सहकारी ठगी प्रकरणमा प्रकाउ गरेका चन्द्रबहादुर तामाङ (सीबी लामा) लाई सार्वजनिक गरेको छ । प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्र्दै पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभमा बचतकर्ताको डेड अर्ब भन्दा बढि रुपैया ठगी गरेको आरोपमा पक्राउ परेका लामालाई सार्वजनिक गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले लामामाथि कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका ८५२ जना र पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्धमा ५४ जनाको निवेदन परेको जानकारी दिए । प्रहरी वृत्त नयाँ बानेश्वरमा मुद्दा दर्ता भई दुई/तीन महिनादेखि नै फरार रहेको अवस्थामा लामालाई जेठ १८ गते चितवनबाट पक्राउ गरिएको...

Read More

हावाहुरीले चितवनको केरा खेतीमा करोडौँको क्षति

काठमाडौँ – शुक्रबार र शनिबार आएको हावा हुरीले चितवनको केरा खेतीमा करोडौको क्षति भएको छ । हावा हुरीले चितवनको रत्ननगर खैरहनी र कालिका नगर पालिकाको विभिन्न क्षेत्रको केरा खेतीमा क्षति पुगेको किसानहरुले बताएका छन् । हावा हुरीले चितवनको करीब २ हजार ५ सय बिगाहमा लगाएको केरा क्षती भएको चितवन केरा उत्पादक संघका अध्यक्ष माधब प्रसाद घिमिरेले बताए । हावा हुरीले चितवनका किसानहरुको करीब १२ करोड बराबरको केरा क्षति भएको उनले बताए । चितवनमा हावा हुरीले हाल सम्म कै ठुलो केरा खेतीमा क्षति भएको किसानहरुले बताएका छन् । जेठ महिनामा यसरी हावाहुरी आउला र क्षति होला भनेर कल्पना समेत नगरेको...

Read More

एकीकृत समाजवादीले रोजगारी र सुशासनलाई प्रमुख मुद्दा बनाउँदै राष्ट्रिय महाधिवेशन गर्ने

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउँदै तोकिएको समयमा नै पार्टीको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने जनाएको छ । असार १६ देखि २० गतेसम्म काठमाडौं हुने पार्टीको १० औं राष्ट्रिय महाधिवेशनका विषयमा जानकारी गराउन आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समाजवादीले रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनुपर्ने अहिलेको अवस्थामा त्यस क्षेत्रमा सकारात्मक हस्तक्षेप गर्ने संकल्पका साथ महाधिवेशन आयोजना गर्न लागिएको जनाएको हो । वर्तमान राजनीतिमा बढेको अस्थिरता र अविश्वास, उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा वृद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको समाजवादीको निष्कर्ष छ । पुनरुत्थानवादी शक्तिले सामाजिक तथा साम्प्रदायिक...

Read More

औद्योगिक राजधानी घोषणामा विलम्ब

वीरगञ्ज (पर्सा)- वीरगञ्ज आसपासको क्षेत्र ९० वर्षभन्दा लामो व्यापारिक तथा औद्योगिक विरासत बोकेको क्षेत्र भएकाले २०औँ वर्षदेखि औद्योगिक क्षेत्र घोषणा गर्न माग हुँदै आएको छ। यहाँका उद्योगी र व्यवसायीको एकल प्रयासले मात्रै औद्योगिक नगरीको उपमा पाएको वीरगञ्जलाई औद्योगिक राजधानीका रुपमा विकास गर्न सकिएमा मुलुकको औद्योगिक विकासमा नयाँ आयाम थपिने विश्वास गरिएको छ। यहाँका सबैजसो उद्योग-कलकारखाना उद्योगीको व्यक्तिगत जग्गामा सञ्चालन हुँदै आइरहेको छ व्यवसायीहरूको भनाइ छ। काठमाडौँ, ललितपुर, पोखरालगायतका क्षेत्रमा राज्यले नै ठाउँ उपलब्ध गराएर औद्योगिक क्षेत्रका रुपमा विकास गरिएको छ। तर, यहाँ भने उद्योगीकै सक्रियतामा विकास सम्भव भएको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष तथा उद्योगी हरि गौतम बताउँछन्।...

Read More

पर्वतको देउपुरमा ८ वर्षमा पनि बनेन शीत भण्डार

पर्वत – पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन कोल्डस्टोर (शीत भण्डार) विगत आठ वर्षदेखि अलपत्र बनेको छ । आर्थिक वर्ष २०७३/७४ मा रु पाँच करोडको लागतमा निर्माण सुरु भएको उक्त कोल्डस्टोरले पूर्णता पाउन नसकेको हो । बेमौसममा सुन्तला र आलुलगायत फलफूल तथा तरकारीलाई बजारमा पठाउने गरी ५ करोड रुपैयाँ लागत अनुमान गरी कोल्डस्टोर निर्माणको अवधारणा ल्याइएको थियो । दुई तलाको कोल्डस्टोर निर्माण योजना तीनै तहका सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा अलपत्र बनेको शीत भण्डार निर्माण समितिका अध्यक्ष गङ्गा तिमिल्सिनाले बताए । स्थानीय खेमबहादुर हमाल र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको कोल्ड स्टोर एकतला बनेपछि अलपत्र बनेको छ । हमाल दम्पतीका...

Read More