Author: Himalaya Post

मधेशमा सरकार बनाउन जनमतको कसरत

जनकपुर— मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनमत पार्टीको संयुक्त बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेको माओवादी केन्द्रका नेता भरतप्रसाद साहले जानकारी दिए । सहमतिमा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी संसदीय दलका नेता भरतप्रसाद साहको हस्ताक्षर छ । सरकारमा यी तीन दलसँगै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने सहमतिपत्रमा उल्लेख छ । एक सय सात सदस्यीय प्रदेशसभामा एमालेका सभामुखबाहेक २४, जनमत पार्टीका १३, माओवादी केन्द्रका नौ, लोकतान्त्रिक समाजवादी पार्टीका आठ र एकीकृत समाजवादीका सात सांसद् छन् । गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले मधेस सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा छन् । यही जेठ २१ गतेदेखि प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । साथै मुख्यमन्त्री यादवले यही जेठ २३ गते प्रदेशसभामा विश्वासको मत लिने तयारीमा...

Read More

वित्तीय समावेशीकरण नीति जारी

काठमाडौँ – नेपाल राष्ट्र बैंकले वित्तीय समावेशीकरण नीति, २०८१ जारी गरेको छ । वित्तीय सेवाको विस्तार, प्रगाढता अभिवृद्धिका साथै वित्तीय साक्षरता प्रवद्र्धन र वित्तीय ग्राहक संरक्षणमार्फत वित्तीय समावेशीकरण प्रवद्र्धन गर्नु यो नीतिको मुख्य उद्देश्य रहेको राष्ट्र बैंकले जनाएको छ । देशको दूरदराजसम्म बैङ्क तथा वित्तीय संस्थाको सुविधा पुर्‍याएर वित्तीय सेवाको विविधीकरण गर्ने लक्ष्यका लागि यो नीति ल्याइएको हो । साथै, प्रविधिमैत्री (डिजिटल) वित्तीय सेवाको उपलब्धता, पहुँच र प्रयोगको लागि प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नु पनि यो नीतिको उद्देश्य रहेको जनाइएको छ । वित्तीय समावेशीकरण नीतिअनुसार अहिले बझाङको साइपाल गाउँपालिका बाहेक सबै स्थानीय तहमा वाणिज्य बैङ्कको शाखा पुगिसकेको छ । बैङ्क...

Read More

‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’को तेस्रो संस्करण हुँदै

काठमाडौँ – महालक्ष्मी विकास बैंकले ३० औं वर्ष प्रवेश गरेको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४, संस्करण ३, जेष्ठ २२ गते देखि जेष्ठ २४ गते सम्म इमाडोल, ललितपुर स्थित बलपार्क स्पोर्टस् इभेन्ट्स एण्ड एकेडेमीमा सञ्चालन गर्ने भएको छ । हरेक वर्ष झै यो वर्ष पनि वार्षिक उत्सवको अवसरमा उक्त क्रिकेट लिग गर्न लागिएको हो । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहने क्रिकेट लिग समग्र कर्पोरेट क्षेत्रमा एक प्रतिष्ठित प्रतियोगितको रुपमा रहेको छ । कूल ३१ खेलहरु हुने र १६० जना खेलाडीहरु रहने उक्त लिगमा ७ वाणिज्य बैंकहरु, ८ विकास बैंक तथा १ वित्त कम्पनीको सहभागिता रहने छ । उक्त लिगको उद्घाटन समारोह जेष्ठ २२ गते बिहान ७ बजे र समापन तथा पुरस्कार वितरण समारोह जेष्ठ २५ गते हुनेछ । आज आयोजित पुर्व प्रतियोगिता भेटघाट तथा टाई सिट कार्यक्रममा महालक्ष्मी विकास बैंकका कम्पनी सचिव तथा विभागीय प्रमुखहरुले विजेता ट्रफी र जर्सी सार्वजनिक गरेका थिए । साथै सोही कार्यक्रममा टिम कप्तानहरुलाई जर्सी वितरण गरेका थिए । लिग कम नक आउट ढाँचामा आयोजना हुने प्रतियोगितामा कुल ३१ वटा खेल खेलिनेछन् । सहभागी १६ टोलिलाई ४ वटा समूहमा विभाजन गरिनेछ । जसबाट समुहको उत्कृष्ट हुने दुई समुह क्वार्टरफाइनल प्रवेश गर्नेछन् । खेल १० ओभर प्रति इनिंग्सको हुनेछ । प्रतियोगितामा माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, ऐभरेष्ट बैंक, नबिल बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति...

Read More

भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री प्रर्दशनी सुरु

काठमाडौँ – चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री प्रर्दशनी शुरु भएको छ । भरतपुरको चितवन एक्स्पो सेन्टरमा शुरु भएको प्रर्दशनीको भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले उद्घाटन गरेकी थिइन् । प्रर्दशनीमा नेपाल भारत जर्मन बेल्जीयम नेदरल्याण्ड चीन अमेरीका टर्की मलेसिया सिगापुर ताईवान ईटली ईजरायल र बग्लादेशका १ सय ५० भन्दा बढी स्टलहरु रहेका छन् । प्रर्दशनीमा आधुनिक प्रविधि गुणस्तरीय औषधी फिड सप्लिमेण्ट डेरी उद्योग पोल्ट्री उद्योग दाना ह्याचरी उद्योग र मासुजन्य उद्योग लगाएत सम्पुर्ण पशुपन्छी पालन प्रशोधन र बजारीकरण सम्बन्धि विभिन्न क्षेत्र समेटेर जानकारी लिन सकिने नेपाल पोल्ट्री महासघले जनाएको छ । प्रर्दशनी ३ दिन सम्म संचालन हुने छ । उक्त प्रर्दशनीमा पोल्ट्री पाठशाला पनि सञ्चालन गरीएको छ । पाठशालामा विभिन्न देशका पोल्ट्री विज्ञहरुले पोल्ट्रीमा भईरहेको नवीनतम र अत्याधुनिक प्रबिधि र यन्त्रकारे जानकारी गराउने छन् । उक्त अबसरमा भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले भरतपुरमा आयोजना गरिएको अन्तराष्ट्रिय पोल्ट्री प्रर्दशनीले भरतपुर भ्रमण वर्षलाई मद्दत पुगेको उल्लेख गर्दै प्रर्दशनीले शिथिल अवस्थामा रहेको व्यापार व्यवसाय चलायमान हुने बताइन् । कार्यक्रममा नेपाल पोल्ट्री महासघका केन्द्रीय अध्यक्ष गुणचन्द्र बिष्टले नेपाली पोल्ट्री क्षेत्रको समग्र बिकास तथा नविनतम अत्याधुनिक प्रविधि गरी पोल्ट्रीको ब्यबशायिक विकास गर्ने र आर्थीक क्रियाकलाप चलायमान गराउने उद्देश्यले अन्तराष्ट्रिय प्रर्दशनीको आयोजना गरीएको बताए । प्रर्दशनी नेपाल पोल्ट्री महासघ र इण्डिया पोल्ट्री ईक्युप्मेण्ट एशोसिएशनको सयुक्त आयोजनामा भएको हो । प्रर्दशनीले पोल्ट्री व्यवसायी र पोल्ट्री व्यवसाय गर्न चाहने किसानहरुलाई अत्याधुनिक प्रविधिबारे जानकारी हुने आयोजकको विश्वास छ...

Read More

त्रिविका सम्पत्ति खोजी गर्न छानबिन समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकाभित्र त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गा, भवन तथा अन्य अचल सम्पत्तिको खोज अनुसन्धान गर्न पूर्व सचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विश्वविद्यालयको नाममा रहेको जग्गा, भवन लगायतका अचल सम्पत्तिहरूको लगत सङ्कलन, संरक्षण, उपयोग, व्यवस्थापन लगायतको अध्ययन गरी ठोस प्रतिवेदन दिन समिति गठन गरेको जानकारी दिइन् । समितिमा नेपाल सरकारका पूर्व सहसचिवहरू महेन्द्रकुमार थापा र जानकीबल्लभ अधिकारी एवं त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. प्रेमसागर चापागाईँ सदस्य तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सदस्य सचिव रहने मन्त्री शर्माले बताइन्। यस्तै मन्त्रिपरिषद् बैठकले प्रचलित कानून बमोजिम इजाजत पत्र प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजत बाहकले घरबाहिर लैजान नपाउने र यात्रा इजाजत प्राप्त हातहतियार समेत तोकिएका स्थानमा लैजान नपाउने गरी निषेध गर्ने निर्णय गरेको छ । पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शर्माले दिएको जानकारी अनुसार मन्त्रिपरिषद् बैठकले नेपाल र चीन सरकार बीच हुने भूकम्पीय अनुसन्धान सम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने र सो समझदारी पत्रमा हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय गरेको छ । यस्तै बैठकले सडक दस्तुर उठाउने कार्यविधि नियमावली २०८० स्वीकृत गर्ने, नेपाल दूर सञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी पहिलो संशोधन निर्देशिका २०८१ स्वीकृत गर्ने, सूचना प्रविधि तथा साइवर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय...

Read More