Author: Himalaya Post

सन्दीपलाई भिसा दिलाउन पहल गरकै हौँ, दिने-नदिने दूतावासको अधिकार हो : प्रवक्ता शर्मा

काठमाडौँ – सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई अमेरिकाको भिसा दिलाउन सरकारले पहल गरे पनि असफल भएको बताएकी छन् । शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले टी–२० विश्वकपमा सहभागिताका लागि सरकारको कुटनीतिक पहलका बाबजुत टी-२० विश्वकपमा सहभागी हुनका लागि सन्दीपलाई अमेरिकाको भिसा दिलाउन असफल भएको बताएकी हुन् । साथै उनले कसैलाई भिसा दिने वा नदिने भन्ने कुरा दूतावासको अधिकारको विषय भएको बताइन् । उनले भनिन्, ‘नेपाल सरकारले पहल, प्रयत्न गर्यो । अमेरिकाले भिसा दिएन । भिसा दिनु नदिनु उसको आफ्नो अधिकारको कुरा भयो । भिसा दिन दिएन भनेर यहाँ हामीले उत्तर दिइराख्नुपर्ने विषय हो भन्ने मलाई लाग्दैन ।’ यसअघि पनि अमेरिकाको भिसा अस्वीकृत भएपछि सन्दीपलाई भिसा दिलाउन माग गर्दै काठमाडौँमा प्रदर्शन समेत भएका थिए । सन्दीपलाई अमेरिकी दूतावासले बिहीबार दोस्रो पटक अन्तवार्ताका लागि बोलाएको थियो । तर, दोस्रो प्रयासमा अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेसँगै आगामी जुन १ देखि अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका सहभागिता जनाउने सन्दीपको सपना करिब अन्त्य भएको छ । समूह ‘डी’मा रहको नेपालले विश्वकपको पहिलो खेल ४ जुनमा नेदरल्याण्डविरुद्ध खेल्दैछ...

Read More

यात्रा अनुमति नपाएका हातहतियार घरबाहिर लैजान निषेध

काठमाडौँ – सरकारले कानुन बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरु घर बाहिर लैजान निषेध गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले प्रचलित कानुन बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरु इजाजत बाहकले घर बाहिर लैजान नपाउने गरि निषेध गरिएको जानकारी दिइन् । यात्रा अनुमति प्राप्त गरेका हातहतियार समेत तोकिएको स्थानमा लैजान नपाउने गरि निषेध गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताइन् । बैठकले नेपाल र चीन सरकारबीच हुने भूकम्पीय अनुसन्धान सम्बन्धी समझदारीपत्र स्वीकृत गर्दै उक्त समझदारी पत्रमा हस्ताक्षर गर्न उद्योग मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरेको छ भने विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई मनोनयन गर्ने निर्णय गरिएको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयको नाममा विभिन्न ठाँउमा रहेको जग्गा मध्ये पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र रहेको जग्गाको अध्ययन अनुसन्धान तथा छानविन एवं अचल सम्पतीको खोज र लगत संकलन गरि प्रतिवेदन पेश गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् । पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले क्रिकेट सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिकाको भिसा प्रदान गर्नका लागि सरकारले पहल गरेपनि भिसा प्राप्त नभएको भन्दै भिसा दिन वा नदिने अधिकार नितान्त दूतावासको भएको बताइन् । उनले अहिलेको मुलुकको आर्थिक अवस्थाका कारण बजेटमार्फत कर्मचारीको तलव बृद्धि गर्न नसकिएको स्पष्ट पारिन् । प्रवक्ता शर्मा प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिदा आवश्यक भन्दा बढी मत आएकाले अहिले सरकारलाई अप्ठेरो पर्ने अवस्था नरहेको जिकिर...

Read More

पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौँ कामदार उत्खननमा व्यस्त

दैलेख – दैलेख जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् । उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए । कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागु गरेर काम भइरहेको जानकारी दिँदै उनले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार रु दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो...

Read More

रिग तालको चर्चासँगै पर्यटन प्रवर्द्धनमा जोड

बागलुङ –  बागलुङको निसीखोला गाउँपालिकास्थित रिग तालको चर्चा चुलिएसँगै गाउँपालिकाले प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा जोड दिएको छ । यहाँ प्रशस्त पर्यटकीय सम्भावना बोकेका स्थान भए पनि मध्यपहाडी लोकमार्गको विकाससँगै रिग तालको चर्चा हुन थालेपछि पालिकाले यसको प्रवर्द्धनमा जोड दिएको हो । बागलुङ र रुकुमको सिमानामा पर्ने पातीहाल्ने पुगेका पर्यटक पैदलमार्गमार्फत रिग ताल पुग्न थालेका छन् । निसीखोला–६ मा पर्ने उक्त ताललाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन यसको संरक्षण, पूर्वाधार र प्रचारप्रसारमा पालिकाले जोड दिन थालेको गाउँपालिका कार्यालयले जनाएको छ । पातीहाल्नेबाट १५ मिनेटको पैदलयात्रामार्फत पुग्न सकिने रिग तालमा हालै सडक सञ्जाल विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए । गोठथरीका रुपमा रहेको रिग ताल वरपरको क्षेत्र पर्यटकीय हिसाबले मनमोहक र रमणीय भए पनि यसअघि संरक्षण नहुँदा ओझेलमा परेको उनको भनाइ छ । पालिकाको सानो स्रोतबाट गत वर्षदेखि पूर्वाधारमा लगानी गरी पर्यटकीय क्षेत्रका रुपमा प्रवर्द्धन गर्न थालिएको अध्यक्ष मगरले बताए । गत आवमा आठ लाख रुपैयाँ खर्च गरेर तालसम्म पुग्ने सडक विस्तार गरिएको थियो भने यस वर्ष ताल र रिग बराहथानको संरक्षण गरिएको उनले जानकारी दिए । ‘गोठथरीका रुपमा रहेको स्थानमा ताल छ, यो निकै पनि आकर्षक छ । मध्यपहाडी लोकमार्ग विस्तारपछि तालको प्रचारप्रसार हुन थालेको थियो,’ अध्यक्ष मगरले भने, ‘पालिकाको सीमित स्रोतबाट सडक विस्तारलगायत पूर्वाधार विकासमा लागेका छौं । यस क्षेत्रको पर्यटन प्रवर्द्धन भएमा नागरिकको आयस्तारमा पनि वृद्धि हुने अपेक्षा गरेका छौं ।’ पूर्वाधार विकासमा गत वर्ष आठ लाख रुपैयाँ र चालु आवमा पाँच लाख रुपैयाँ लगानी भइसकेको उनले जानकारी...

Read More

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स’द्वारा सम्मानित

काठमाडौँ – सरल र सुरक्षित बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंक लिमिटेडले “इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ मा सम्मानित भएको छ । इन्फोसिसद्वारा आयोजित उक्त अर्वाड वितरण समारोहमा १० विधाका २०० मनोनयनहरू मध्ये, कुमारी बैंक लि. “कोर बैंकिङ ट्रान्सफरमेसन” विधा तर्फ उत्कृष्ट रहेकोले उक्त उपलब्धिको लागि “प्रोसेस इनोभेशन” श्रेणीमा स्वर्ण विजेता घोषित भएको हो । इन्फोसिस को ‘फिनाकल कोर बैंकिङ सफ्टवयेर’ ले बैंकिङ्ग क्षेत्रमा सरलता, उत्कृष्टता र विश्वसनीयता कायम गर्न सफल रहेको छ । कुमारी बैंकले प्राप्त गरेको यो उपाधिले भविस्यमा नवीन प्रविधिमार्फत बैंकिङ्ग क्षेत्रलाई अझै सहज र सुरक्षित बनाई सूचना प्रविधिमा नयाँ आयाम थपगर्न प्रतिबद्ध रहको छ । विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ...

Read More