काठमाडौँ – सरल र सुरक्षित बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंक लिमिटेडले “इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ मा सम्मानित भएको छ ।
इन्फोसिसद्वारा आयोजित उक्त अर्वाड वितरण समारोहमा १० विधाका २०० मनोनयनहरू मध्ये, कुमारी बैंक लि. “कोर बैंकिङ ट्रान्सफरमेसन” विधा तर्फ उत्कृष्ट रहेकोले उक्त उपलब्धिको लागि “प्रोसेस इनोभेशन” श्रेणीमा स्वर्ण विजेता घोषित भएको हो ।
इन्फोसिस को ‘फिनाकल कोर बैंकिङ सफ्टवयेर’ ले बैंकिङ्ग क्षेत्रमा सरलता, उत्कृष्टता र विश्वसनीयता कायम गर्न सफल रहेको छ । कुमारी बैंकले प्राप्त गरेको यो उपाधिले भविस्यमा नवीन प्रविधिमार्फत बैंकिङ्ग क्षेत्रलाई अझै सहज र सुरक्षित बनाई सूचना प्रविधिमा नयाँ आयाम थपगर्न प्रतिबद्ध रहको छ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।