रोजगारीका लागि साढे ५९ लाख नेपाली विदेशिए
काठमाडौँ, जेठ १३ गते। नेपालबाट अहिलेसम्म वैदेशिक रोजगारीका लागि साढे ५९ लाख व्यक्ति विदेश गएका छन्। अर्थमन्त्रालयले सङ्घीय संसदमा आइतबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणअनुसार २०८० फागुनसम्म ५९ लाख ६९ हजार नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएको पाइएको छ। यसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत रहेका छन्। चालु आर्थिक वर्षको फागुनसम्ममा नयाँ श्रम स्वीकृति लिने दुई लाख ८५ हजार रहेका छन्। जसमध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन्। आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारीका लागि ईपिएस प्रणालीमार्फत एक लाख चार हजार ६० जना नेपाली कामदार दक्षिण कोरीया गएका...
Read More
























