Author: Himalaya Post

क्यालेडोनियाबाट थप अस्ट्रेलियाली स्वदेश फर्काइँदै

क्यानबेरा – बुधबार न्यू क्यालेडोनियाबाट थप अस्ट्रेलियालीहरूलाई स्वदेश फर्काउने सङ्घीय सरकारले बुधबार पुष्टि गरेको छ । नागरिक अशान्तिको बिचमा मे महिनाको सुरुमा उडानहरू रद्द हुँदा न्यू क्यालेडोनियामा फसेका लगभग एक सय जना अस्ट्रेलियालीलाई नौमियाबाट ब्रिसबेनका लागि फ्रान्सेली उडानमार्फत फिर्ता गरिने प्यासिफिक मन्त्री प्याट कनरायले बताए । सङ्घीय सरकारले दक्षिण प्रशान्त महासागरमा फ्रान्सेली क्षेत्रबाट नागरिकहरू स्वदेश फर्काउने अनुमति प्राप्त गरेपछि मङ्गलबार राती रोयल अस्ट्रेलियन एयर फोर्स (आरएएएफ) को दुईवटा उडानमा ८४ जना अस्ट्रेलियाली नागरिक स्वदेश पुगेका छन् । न्यू क्यालेडोनियामा रहेका लगभग तीन सय अस्ट्रेलियालीले स्वदेश फिर्ताका लागि विदेश मामिला तथा व्यापार विभागमा निवेदन दर्ता गरेका थिए । पहिलो उडानबाट...

Read More

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवं प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् । ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरूका नागरिकमा देखा परेको भयावह अवस्थाको सम्बोधन हुनुपर्ने बताए । “हामीमाथि गरिएको यो भयावह अन्यायका कारण हाम्रा देशका नागरिहरू र पर्वतीय पारिस्थितिकी प्रणाली जलवायु–प्रेरित प्रकोपले गम्भीर रूपमा प्रभावित भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “जोडदारसँग हामी न्यायको माग गर्दछौँ ।” स्थानीय नेतृत्वमा विज्ञानमा आधारित पर्याप्त, पूर्वानुमानयोग्य र पहुँचयोग्य कोष र प्रविधिको वितरण आवश्यकता भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले समान र पारदर्शी तवरले हानि र क्षतिको कोषको पूर्ण सञ्चालन गर्ने विषयले प्राथमिकता पाउनुपर्नेमा जोड दिए । उनले भने, “हामी पर्वतमा बसोबास गर्ने सबैभन्दा कमजोर महिला, युवा, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू, स्वदेशी जनजाति र स्थानीय समुदायहरूलाई जलवायु कार्यको प्राथमिकतामा राख्न अनुरोध गर्दछौँ ।” नेपाल पेरिस सम्झौताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्षअघि सन् २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जन हासिल गर्ने लक्ष्य राखेका जानकारी दिए । उनले भने, “स्वच्छ ऊर्जा सुरक्षित गर्न हामी जलविद्युत् सम्भावनाको पूर्ण उपयोग गर्नेछौँ । पहिले नै ४५ प्रतिशत वन क्षेत्रको जमिन सुरक्षित गर्दै छौँ ।” “पर्वत, पर्वतीय सभ्यता, पर्वतीय पारिस्थितिकी प्रणाली र पर्वतीय बासिन्दाहरूको संरक्षण र प्रवर्द्धन गर्नका लागि हाम्रो सामूहिक प्रयासमा सामेल होऔँ,” प्रधानमन्त्रीले भने, “पर्वतहरूमा जलवायु परिवर्तनले ल्याउने साझा चुनौतीहरू समाधान गर्न सहकार्य र एकता जुटाउन प्रयास गरौँ ।” संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत वर्ष...

Read More

कामीरिताको कीर्तिमान : ३०औँ पटक सगरमाथाको शिखरमा

काठमाडौँ – कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी आज बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन् । “कामीरिता शेर्पाले सगरमाथा शिखमा ३० औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ”, सगरमाथा आधारशिविरबाट कार्यालय गौतमले भने । वसन्त ऋतुको जारी आरोहणमा उहाँले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन् । फिल्ड कार्यालय प्रमुख गौतमका अनुसार आजसम्म आरोही र शेर्पा सहयोगी गरी चार सय ६० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधि आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन् । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका थिए । गत वैशाख २८ गतेदेखि यो वर्षको आरोहण सुरु भएको हो । आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन् । अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरेका जनाइएको छ...

Read More

प्रभु बैंकका ग्राहकलाई होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा विशेष छुटको सम्झौता

पोखरा – प्रभु बैंक लिमिटेडका ग्राहकले पर्यटकीय सदरमुकाम पोखराको लेकसाइड मा अवस्थित होटल सरोवर प्रा.लि र किङ्गस लाउन्ज पोखरामा विशेष छुट पाउने भएका छन् । बैंकले मंगलबार छुट्टाछुट्टै समारोहका बीच यी दुई संस्थासंग सम्झौता गरेको हो । जसमा होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकका ग्राहकबर्ग, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारी का परिवारजनले होटल सरोवरमा उपलब्ध सेवाहरु जस्तै आवास, खाना, मनोरञ्जन सभाहल र पौडि लगायतका सेवा हरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् भने किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरु जस्तै खाना, खाजा, तथा मनोरञ्जन सुबिधामा विशेष छुट प्राप्त गर्न सक्नेछन । साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहक हरुले आफ्नो बैंक सँगको आबद्घताको प्रमाणको आधारमा यो सुविधामा सहजै प्राप्त गर्न सकिनेछ । नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि निरन्तर रुपमा लागि राख्नु भएको प्रा.डा. भरत पहारीद्घारा सन्चालीत होटल सरोवर पोखराको लेकसाइडमा एकै छाना मुनी अत्याधुनिक सेवा तथा सुबिधाहरु उपलब्ध गराउँदै आएको छ भने किङ्गस लाउन्ज पोखरा युवा तथा सँगितपे्रमि लक्षित होटल तथा रेष्टुरेण्ट को रुपमा बहुचर्चित पाईन्छ । त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधी बाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यलयहरु, २८५ एटीएम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरुलाई “बिश्वास लिन्छौं बिश्वास दिन्छौं” मुल नाराका...

Read More

‘समाचार लेखेकै भरमा सिरोहियालाई पक्राउ गरेर सरकारले तानाशाही प्रवृत्ति देखायो’

काठमाडौँ– अर्थशास्त्री डा. गोपीलाल न्यौपानेले समाचार लेखेकै भरमा कैलाश सिरोहियालाई पक्राउ गरेर सरकारले तानाशाही प्रवृत्ति देखाएको बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले सो धारणा प्रस्तुत गरेका हुन् । सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाएको उनले बताउँदै उनले भने, ‘सरकारले अघोषित रुपमा आफूलाई मन नपर्ने कुरा सम्प्रेषण नगर भन्न खोजेको हो ।’ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई समाचार लेखेकै भरमा पक्राउ गरेर तानाशाही प्रवृत्ति अवलम्बन गरेको उनको टिप्पणी छ । रवि र छविहरु तानाशाही बाटोमा हिँड्न नहुने उनको सुझाव छ । ‘सरकारलाई मन पर्ने कुरामात्रै प्रकाशन गर्न स्वतन्त्रता छ । सरकारलाई मन नपर्ने कुरा तिमीले सम्प्रेषण गर्यौं भने खबरदार हालत कैलाश सिरोहियाको जस्तै हुन्छ भन्ने सन्देश सरकारले दिन खोजेको छ ।’ उनले भने, ‘यो तानाशाही सरकारको बाटो हो । सरकारलाई म आग्रह गर्न चाहन्छु, यो गलत बाटोमा रवि र छविहरु नहिँडून्...

Read More