पशुपतिको वनकालीमा साउनभर कोटीहोम महायज्ञ हुने
काठमाडौँ – हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथस्थित वनकालीमा ऐतिहासिक विशाल कोटीहोम यज्ञ गरिने भएको छ । मानव सेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घसंस्थाको आयोजनामा कोटीहोम महायज्ञ सञ्चालन हुने भएको हो । उक्त महायज्ञ आगामी साउनभर चल्ने श्रीमद्भागवत कथा पुराण प्रवक्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिले जानकारी दिए। हाम्रो धर्म संस्कृतिको संरक्षण समग्र मानव जातिको सुख, शान्ति र समृद्धिका लागि महायज्ञ गर्न लागिएको उनले बताए । नेपाल अध्यात्म भूमि हो । यस तपोभूमिबाट योग, ध्यान, प्रणाम धर्म, ज्ञान, साधना र विज्ञानको महत्व विकास भएकाले हो भन्ने जानकारी र सन्देशसमेत जनजनमा पुर्याउने महायज्ञको ध्येय रहेको छ । मामाघर अनाथालय आश्रम, ललितपुर र...
Read More
























