Author: Himalaya Post

मच्छिन्द्रनाथको रथ महिलाहरुले ताने, के छ यसपछाडिको किंवदन्ती ?

काठमाडौँ– रातो मच्छिन्द्रनाथको रथ महिलाहरुले तानेका छन् । बिहीबार बिहान वर्षा र सहकालका देवता भनेर पुजिने रातो मच्छिन्द्रनाथको रथ महिलाहरुले तानेर ललितपुरको थटिटोलसम्म पुर्‍याएका हुन् । हरेक वर्ष नरिवल खसाल्ने जात्राको भोलिपल्ट महिलाहरुले रथ तान्ने परम्परा रहेको छ । एक किंवदन्ती अनुसार मच्छिन्द्रनाथलाई पाटन परिक्रमा गराउँदा गराउँदै हराएको र एक जना महिलासँग रहेको पत्ता लागेपछि उनलाई पूजा गरी फर्काएको स्मरणमा एक दिन महिलाले मात्रै रथ तान्ने परम्परा रहेको संस्कृतिविद्हरुको भनाइ छ । अब केहिदिनमा ज्योतिषले रातो मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने साइत हेर्ने परम्परा छ । मणिमण्डपस्थित सोह्रखुट्टे पाटीमा बसी मत्स्येन्द्रनाथका ज्योतिषले जावलाखेल लैजाने साइत निकाल्ने गर्छन् । साइतमा तानिएको रथ जावलाखेल पुर्‍याइएपछि चार दिनपछि भोटो जात्रा मनाइन्छ । जावलाखेलमा भोटो देखाएपछि मत्स्येन्द्रनाथको जात्रा सम्पन्न हुन्छ...

Read More

देशभर भूमेस्थानमा पूजा आराधना गरी राई समुदायको उभौली पर्व मनाईयो(तस्बिरसहित)

काठमाडौँ– प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व बिहीबार देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइएको छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । उभौली पर्वमा किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । यसै अवसरमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा पूजा आराधना गरिएको छ । मङसिर शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस यस दिनदेखि उँभो लाग्ने परम्परा रहेको किरात राई यायोख्याका अध्यक्ष जीवन हाताचो राईले जानकारी दिए । उनले देश तथा विदेशमा भूमिलाइ पूजा गरेर उभौली पर्व मनाइने गरिएको बताए । यस समुदायले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् । यो पर्व किराँत राई समुदायको महत्त्वपूर्ण पर्व हो...

Read More

मुलुक दिशाविहिन रुपमा अघि बढिरहेको छ : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुक दिशाविहिन रुपमा अघि बढिरहेको बताएका छन् । बिहीबार नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजना गरिएको कार्यक्रममा कोइरालाले मुलुक अधिनायकवाद र निरकुंशता तर्फअग्रसर हुदै गएकाले पत्रकारहरुले सचेत हुनुपर्ने समेत बताए । उनले पत्रकारहरुलाई तर्साउने गरी कुनै पनि काम नगर्न सरकारलाई आग्रह गरे । कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने जिकिर गर्दै प्रहरी प्रशासनलाई निष्पक्ष र स्वतन्त्र रुपमा काम गर्न दिने वातावरण बनाउनुपर्ने धारणा राखे । उनले कैलाश सिरोहीयालाई प्रतिशोध साध्न पक्राउ गरेको भन्दै दुईवटा राहदानी र नागरिकताका बिषयमा पनि गृहमन्त्रीमाथि छानविन हुनुपर्ने बताए । कार्यक्रममा गोविन्दचन्द्र क्षेत्री, गिरिराज आचार्य, हर्षसुब्बा लगायत वरिष्ठ पत्रकारहरुलाई सम्मान गरिएको थियो...

Read More

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा

बाँके- हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ। नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रको भएको छ। नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेका अनुसार ११.६ किलोमिटर चार लेन र १६.२ किलोमिटर दुई लेन गरी २७.६२ किलोमिटर सडक विस्तार २०८२ मंसिर २७ गतेभित्र सम्पन्न गर्ने गरी २०७९ माघ १५ गतेदेखि निर्माण थालिएको हो। शर्मा एन्ड कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक दुई अर्ब ७८ करोड २९ लाख रूपैयाँमा निर्माणको ठेक्का जिम्मा पाएको हो। नन्दनी मिलदेखि सुरु भएको कालोपत्रको काम जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका क्षेत्रमा धमाधम जारी...

Read More

भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ- प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ। बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा छ। गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो। वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ। नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेसी झरेका मानिस आजदेखि उँभो लाग्छन्। उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ। यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ। यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ। किरात समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ। राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किरात राई यायोक्खाले गरेको छ। खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन्। ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ। किरात समुदायमा पनि एकथरीले उभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन्। उधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन्। यस समुदायका धेरै मानिसले उभौली वैशाख शुक्ल पूर्णिमा र उधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन्। यो पर्व किरात राई समुदायको महत्वपूर्ण पर्वका रुपमा...

Read More