Author: Himalaya Post

राजदूत फिर्ता बोलाउने निर्णय नियमित प्रक्रिया हो : प्रवक्ता शर्मा

काठमाडौँ – सरकारले विभिन्न राजदूत फिर्ता बोलाउने निर्णय नियमित प्रक्रिया भएको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सरकार परिवर्तन हुँदा राजदूतलाई पनि फिर्ता बोलाउने विगतदेखिको परम्परा रहेकाले यसपटक पनि विभिन्न देशका राजदूतहरुलाई फिर्ता बोलाइएको बताइन् । उनले विगतदेखि नै यस्तो परम्परा चलिआएको भन्दै उनले यसलाई नियमित प्रक्रियाका बारेमा बुझ्न आग्रह गरिन् । त्यस्तै मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको बताइन् । त्यस्तै आवश्यक सेवा सञ्चालन ऐन बमोजिम तोकिएका आवश्यक सेवामा हड्ता गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन् । बैठकले जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८१ स्वीकृत गर्ने र जेष्ठ नागरिक सम्बन्धी पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ...

Read More

गाँजा उत्पादन खुला गर्ने आवश्यक नियमावली ल्याउँदैछौँ : गृहमन्त्री लामिछाने

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधि र औद्योगिक प्रयोजनका लागि गाँजा उत्पादन खुला गर्ने आवश्यक नियमावली ल्याउने बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा लामिछानले औषधि र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुला गर्नका लागि नियमावली बनाउन मन्त्रालयले अध्ययन गरिरहेको भन्दै एक महिनाभित्रै नियमावली आउने बताएका हुन् । नेपालमा गाँजालाई व्यवसायीकरण गर्ने उद्देश्यले नै बजेट विनियोजन गरिएको भन्दै आवश्यक सुरक्षा चुनौतीका विषयमा मन्त्रालयले गम्भीर भएर काम गर्ने उनले बताए । यसअघिका बिभिन्न प्रतिवेदनलाई अध्ययन गरेर अन्तिम निष्कर्ष निकाल्ने अवस्थामा गृहमन्त्रालय आएको उनको भनाइ छ । बैठकमा अर्थमन्त्री वर्षमान...

Read More

देशभरका सार्वजनिक र गुठी जग्गाको अभिलेखीकरण गर्न लेखा समितिको निर्देशन

काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले देशभर रहेका सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी अभिलेखीकरण गरी पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी अभिलेखिकरण मा तीनतहबीच नीतिगत स्पष्टता नदेखिएको भन्दै मुलुक भर रहेका त्यस्ता जग्गाहरुको यकिन अभिलेखिरण गर्दै समितिमा पेश गर्न निर्देशन दिएको हो । बैठकले सीमाङ्कन, नक्साङ्कन तथा अभिलेखीकरणका लागि आपसी समन्वयन तथा आवश्यकताका आधारमा देशभरी पुन नापी गरी व्यवस्थापन गर्न निर्देशन दिइएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । बैठकले सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी पुराना अभिलेखीकरणहरुलाई संरक्षण गर्न पनि निर्देशन दिएको छ भने सरकारले उपलब्ध गराएका...

Read More

मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा शपथ ग्रहण, मन्त्रिमण्डल विस्तार

काठमाडौं – मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आज दिउँसो प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष उनले शपथग्रहण गरेका हुन् । यसैबीच मुख्यमन्त्री सिंहले सत्ता गठबन्धनका अन्य दलहरूसहित १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । उनीहरू सबैले आजै शपथ ग्रहण गरेका छन् । मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र) का तर्फबाट अर्थमन्त्रीमा प्रदेश संसदीय दलका नेता भरतप्रसाद साह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्रीमा युवराज भट्टराई नियुक्त भएका छन् । त्यस्तै, नेकपा (एमाले) बाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखी शिक्षा तथा संस्कृति, शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसङ्ख्या तथा केशव राय स्वास्थ्य राज्यमन्त्री...

Read More

युनाइटेड रेफरेन्स ल्याबोरेटरी र प्रभु बैंकबीच विशेष छुट सम्झौता

पोखरा – प्रभु बैंक लिमिटेड र पोखरास्थित युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.ली. (यु.आर.एल.) बीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार युनाइटेड रेफरेन्स ल्याबोरेटरीको स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने थाइराइड, क्यान्सर, मधुमेह, मृगौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाडजोर्नी, भिटामिन लगायतका युआरएलद्वारा परिक्षण गरिने सम्पूर्ण ल्याव सेवा शुल्कमा प्रभु बैंकका ग्राहकवर्ग र कर्मचारीलाई विशेष प्राप्त गर्नेछन् । ल्याब परीक्षणको सेवा शुल्कमा प्रभु बैंकका ग्राहकहरुलाई २० प्रतिशत र बैंक कर्मचारीलाई २५ प्रतिशत विशेष छुट प्राप्त गर्न सक्ने जनाइएको छ । गण्डकी प्रदेशको पहिलो र लोकप्रिय एवं आइएसओ २०१५ प्रमाणित युनाइटेड रेफरेन्स ल्याबोरेटरीले संचालन गरेका मुख्य कार्यालय सभागृहचोक, कास्की हस्पिटलचोक, महेन्द्रपुल,...

Read More