सामाजिक संस्थाले स्वदेशी पुँजी र जनशक्ति प्रयोग गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग गर्ने सोचमा आधारित भएर सामाजिक संस्थाहरु परिचालित हुनुपर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रको समाज कल्याण विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको सामाजिक अभियन्ता भेलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले देशभित्रका श्रमशक्ति र पुँजीलाई परिचालन गरी उत्पादन, उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्ने बताए । उनले देशको मूल नीति विदेशी सहायतामा मात्रै निर्भर हुने मात्रै नभई आफ्नै पुँजी, जनशक्ति, सीप र प्रविधिको प्रयोग गर्ने सोच, नीति र कार्यक्रम हुनुपर्नेमा जोड दिए । माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले पार्टीको छाता सङ्गठनका रूपमा केन्द्रमा राष्ट्रिय महासङ्घ गठन गर्ने,...
Read More





























