Author: Himalaya Post

वीरगञ्जमा हुरीले पोल ढालेपछि बिजुली आपूर्ति अवरुद्ध

वीरगञ्ज – बिजुलीका पोल बिहीबार रातिको हुरीले ढाल्दा वीरगञ्ज र आसपास क्षेत्रमा ९ घन्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ । गर्मीको यो याममा बिजुली नहुँदा यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । बिहीबार एक बजेतिरको हुरीले ढालेका पोल उठाउन युद्धस्तरमा काम भइरहेको बताउँदै नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले आज अपराह्नसम्ममा बिजुली आपूर्ति हुने जानकारी दिए । वीरगञ्ज र आसपासका क्षेत्रमा ५६ हजार बिजुलीका ग्राहक छन् । अहिले यहाँ वर्षा भइरहेको छ...

Read More

मोदीको शपथ ग्रहणमा सरिक हुन नयाँदिल्ली जाने प्रचण्डको तयारी

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको तेस्रो प्रधानमन्त्री कार्यकालको शपथग्रहणमा सरिक हुने भएका छन् । यसका लागि उनले शनिवार नयाँदिल्ली जाने तयारी थालेका छन् । प्रचण्डसंगै भारतीय सत्ता निकट पत्रकार सुधीर चौधरीले नेपाली प्रधानमन्त्री प्रचण्ड, भुटानी राजा, श्रीलङ्काका रास्ट्रपती, बङ्गलादेशका तथा मौरिससका प्रधानमन्त्रीहरु पनि सपथ ग्रहण समारोहमा पुग्ने बताएका छन् । सन् २०१४ मा बीजेपीबाट एकल बहुमत आएको सरकार बनाएर सपथ गरेका मोदीले विदेशी सरकार तथा रास्ट्रप्रमुख बोलाएका थिए । त्यो बेला उनले सार्क देशलाई निम्तो दिएका थिए । तर, दशकपछि यो पटक शपथ ग्रहण समारोहमा भने मोदीले अफगानिस्तान तथा पाकिस्तानबाहेकका सार्क देशलाई मात्र बोलाएका छन्...

Read More

बालिका यौन दुर्व्यवहार आरोपमा अपराध अनुसन्धानका इन्सपेक्टर पक्राउ

काठमाडौँ– बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी बालिका यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका हुन् । उनीमाथि १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोप लागेकोजिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त रजौरेले बताए । उनका अनुसार पिडित बालिका शिवाकोटीको घरमा घरेलु कामदारको रुपमा कार्यरत थिइन् । शिवाकोटीले उनलाई पढाइदिने भनेर सानै उमेरमा कामदारको रुपमा ल्याएर राखेका थिए । बालिकाले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा शिवाकोटीले आफूमाथि बलाकार गरेको उजुरी गरेकी थिइन् । उजुरी लगतै प्रहरी वृत्त स्वयम्भूले शिवाकोटीलाई नियन्त्रणमा लिएको हो ।...

Read More

मोदीले जुन ८ मा प्रधानमन्त्रीको सपथ लिने

एजेन्सी – प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ (शनिबार)मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने भएका छन् । प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा बुधबार भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को बसेको बैठकमा मोदीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।बैठकमा जनता दल (युनाइटेड) प्रमुख नितिश कुमार र तेलुगु देशम पार्टी (टीडीपी) प्रमुख एन चन्द्रबाबु नायडूको सहभागितालाई महत्त्वपूर्ण कदम मानिएको छ । भाजपालाई सरकार बनाउनका लागि उनीहरूको दलको समर्थन महत्त्वपूर्ण छ । यसपटकको लोकसभा निर्वाचनमा भाजपा बहुमतको आँकडा दुई सय ७२ भन्दा ३२ सिटले पछि परेको छ र सरकार बनाउन उसले आफ्ना सहयोगीहरूमा निर्भर रहनुपर्नेछ । भारतको...

Read More

भारतद्वारा सुनसरीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौँ – ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल २.६३ करोड नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको सुनसरीको रामधुनी नगरपालिकास्थित श्री भादगाउँ सिनुवारी माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन गरिएको छ । उक्त भवनको बुधबार जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता, रामधुनी नगरपालिकाका मेयर शंकर लाल चौधरी र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। त्यस्तै ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल ३.०५ करोड आर्थिक सहयोगमा निर्माण गरिएको सुनसरीकै इनरुवा नगरपालिकास्थित श्री भगवती माध्यमिक विद्यालयको विद्यालय भवनको आज जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी र काठमाडौंस्थित भारतीय राजदूतावासका...

Read More