Author: Himalaya Post

चुहिने छानामुनि पढ्न बाध्य छन् कुँडेढोरका विद्यार्थी

गलकोट (बागलुङ) – उप्किएका भित्ता, जीर्ण झ्यालढोका, मक्किएका काठले छाएको छानो । घामपानी र हावाहुरी नछेक्ने टहरो । हेर्दै जीर्ण भवनमा ओत लागेर पढ्छन्, निसेलढोरका बालबालिका । निसीखोला गाउँपालिका–६ निसेलढोरस्थित कुँडेढोर प्राथमिक विद्यालयका विद्यार्थीहरू यस्तै जीर्ण भवनमा पढ्न बाध्य छन् । वि.सं. २०६४ मा स्थापना भएको विद्यालयको हालसम्म भरपर्दो भवन बनेको छैन । ५२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा शैक्षिक सामग्रीदेखि आधारभूत पूर्वाधारको अभाव छ । तीन वटा विद्यालय भवनमध्ये दुई वटा भवन कच्ची छन् । हावाहुरी र पानी पर्दा कक्षाकोठामा बस्नै मिल्दैन । यो विद्यालय जिल्लाको सबैभन्दा विकटमा पर्छ । बर्खा लागेपछि घुम्ती बसाइमार्फत २५ जना विद्यार्थी थपिन्छन् ।...

Read More

दिल्ली अदालतद्वारा केजरीवालको अन्तरिम जमानत याचिका खारेज, १९ जुनसम्म न्यायिक हिरासत बढायो

नयाँ दिल्ली – राउज एभिन्यु अदालतले बुधबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अन्तःशुल्क नीति मनी लान्ड्रिङ मुद्दामा मेडिकल कारणहरू देखाउँदै सात दिनको जमानतको लागि दायर गरेको अन्तरिम जमानत याचिका खारेज गरेको छ । याचिका खारेज गर्दै अदालतले तिहाड जेल अधिकारीहरूलाई सबै आवश्यक मेडिकल परीक्षणहरू गर्न र आवेदक अरविन्द केजरीवालको उपचार गर्न निर्देशन दिएको छ । यसैबीच अदालतले उनको न्यायिक हिरासत पनि सन् २०२४ जुन १९ सम्म बढाएको छ । सर्वोच्च अदालतको निर्देशनको पालना गर्दै मुख्यमन्त्री केजरीवालले जुन २ मा तिहाड जेलमा आत्मसमर्पण गरेका थिए । सोही अदालतले जुन १ मा अरविन्द केजरीवालको जमानत याचिकामा आदेश सुरक्षित राखेको थियो । बहसको...

Read More

लुम्बिनी प्रदेश स्तरीय श्रमाधान रोजगार मेला बुटवलमा सुरु

बुटवल – लुम्बिनी प्रदेश स्तरीय श्रमाधान रोजगार मेला बुटवलमा सुरु भएको छ । बेरोजगार युवालाई रोजगारमा जोड्ने गरी बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले संयुक्त आयोजनामा लुम्बिनी प्रदेश स्तरीय रोजगार मेला सुरु भएको हो । बुधबार मेलाको उद्घाटन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले काम खोज्ने र रोजगारदाता बिचमा गहिरो खाडल रहेको बताउँदै त्यही खाडल पुर्नको लागि सातै प्रदेशमा मेलाको आयोजना गरिएको बताए । मेलाले रोजगार दाता र श्रमिक बिच पुलको काम गर्ने, सीप प्रबद्धन र सीप सिक्न प्रेणित गर्दै स्वरोजगार बन्न सघाउने उनले बताए । मन्त्री...

Read More

प्रधानमन्त्री एनभीए भलिबल : पुरुषतर्फ नेपाल पुलिस क्लब विजयी

काठमाडौं – काठमाडौंमा जारी प्रधानमन्त्री एनभिए भलिबल लिग अन्तर्गत बुधबार पुरुषतर्फ नेपाल पुलिस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राखेप कवर्ड हलमा भएको खेलमा पुलिसले आर्मीमाथि ३–१ को सेटमा जित दर्ता गरेको हो । पहिलो सेटमा आर्मी २७–२५ ले जितेको थियो । दोश्रो सेटमा पुलिसले २६–२४ को जित निकाल्यो । त्यसपछिको दुईसेटमा पुलिसले २५–२१ र २५–१८ को सहज जित निकाल्यो । जितसँगै पुलिसले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । त्यस्तै महिलातर्फ कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा परजित गर्दै नेपाल पुलिस क्लबले फाइनलमा स्थान बनाएको छ । लिगको दुवैतर्फको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने...

Read More

सफा हिमाल अभियान : नेपाली सेनाद्वारा ११ टन फोहोर संकलन

काठमाडौँ – नेपाली सेनाले सफा हिमाल अभियान अन्तर्गत ११ टन फोहर संकलन गरेको छ । बुधबार काठमाडौंमा आयोजित सफा हिमाल अभियान २०२४ को समापन समारोहमा सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सहायक रथी सञ्जय देउजाले ५० दिनको अवधिमा ११ टन फोहर संकलन गरिएको जानकारी दिए । त्यस्तै ४ वटा शव र एक अस्थिपञ्जर संकलन गरिएको र आवश्यक कानूनी प्रक्रिया प्रश्चात शिक्षण अस्पतालमा पठाईएको उनले बताए । अभियान अन्तर्गत सेनाका १० जना, शेर्पाका १८ जना लगाएका टोली खटिएको पनि देउजाले बताए । फोहरका अलावा हिमालमा लामो समयदेखि रहेका मानव शव संकलन निकै चूनौतिपूर्ण रहेको उनको भनाइ छ । सो...

Read More