Author: Himalaya Post

खोटाङमा हुरीले मकै बालीमा क्षति

खोटाङ – वर्षासँगै आएको हुरीले मकै बालीमा ठूलो क्षति पुर्‍याएको छ । मङ्गलबार दिउँसो वर्षासँगै आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्‍याएको हो । पसाउन (धानचामल निस्कने प्रक्रिया) लागेको मकैको बोट हुरीले ढाल्दा लाखौँको क्षति भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हर्कराज राईले बताए ।’ ‘यस क्षेत्रको प्रमुख बाली मकै हो । पसाउन थालेको मकैको बोट मङ्गलबार आएको हुरीले सोत्तर पारेको छ’, उनले भने, ‘उत्पादन दिने बेला बोट नै ढलेर क्षति भएपछि कृषक चिन्तित बनेका छन् ।’ मङ्गलबार दिउँसो आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्‍याएको भन्दै क्षतिको विवरण आउन बाँकी...

Read More

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिले औपचारिक रुपमा थाल्यो काम

काठमाडौँ – सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले औपचारिक रुपमा आफ्नो काम सुरु गरेको छ । बुधबार संसद भवन नयाँ बानेश्वरमा पहिलो बैठक बसेर समिति कार्यप्रारम्भ गरेको हो । पहिलो बैठकले समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयार गर्न सचिवालयलाई जिम्मा दिइएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । सभामुख देवराज घिमिरेको उपस्थीतिमा बसेको बैठकमा समितिको कामलाई अघि बढाउने विषयमा छलफल भएको उनले बताए । तीन महिनाको अवधिभित्रै समितिले गर्नुपर्ने कामलाई व्यवस्थित गर्दै अघि बढ्ने उनको भनाइ छ । संयोजक थापाले दुई दिनभित्र कार्यविधि पारित गर्ने भन्दै समितिको कार्याविधि, कार्यक्षेत्र लगाएतका बिषयमा कुनै विवाद नरहेको जिकिर गरे । गत...

Read More

अन्नपूर्ण केबलकारमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

पोखरा – पर्यटकीय सदरमुकाम पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार प्रा.लि र प्रभु बैंक लिमिटेडबीच केबलकार सेवामा प्रभु बैंकका ग्राहकवर्ग र कर्मचारीलाई बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन । अन्नपूर्ण केबलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला र प्रभु बैंक लि.को तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । अन्नपूर्ण केबलकार प्रा.लि. पोखराको लेकसाइड सेदीबगरदेखि कास्कीको सराङकोटसम्म केबलकार सेवा प्रदान गर्दै आएको छ । उक्त केबलकार यात्रामा माछापुच्छ«े, धवलागिरी, अन्नपूर्ण, लम्जुङ...

Read More

भारतीय प्रधानमन्त्री मोदीद्वारा राजीनामा, नयाँ सरकार गठन प्रक्रिया सुरु

नयाँदिल्ली – प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपति द्रौपदी मुर्मुलाई आफ्नो सरकारका मन्त्रीपरिषद् सदस्यसहित सरकार प्रमुखका रूपमा आफ्नो पदबाट राजीनामा पेस गरेका छन्। यससँगै राजीनामासँगै सन् २०१९ देखि २०२४ सम्म चलेको १७ औँ लोकसभा विघटनका लागि मार्ग प्रशस्त गर्नेछ । राष्ट्रपतिले राजीनामा स्वीकार गर्दै प्रधानमन्त्री मोदी तथा मन्त्रिपरिषद्लाई नयाँ सरकारले पदभार ग्रहण नगरेसम्म पुरानै जिम्मेवारी जारी राख्न निर्देशन दिएका छन् । राजधानी दिल्लीमा बुधबार बसेको भारतको सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई राजीनामा पेस गरी नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्ने निर्णयपश्चात् प्रधानमन्त्रीले राजीनामा दिएका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको बैठकमा...

Read More

मनसुनजन्य विपद न्यूनीकरणका लागि आवश्यक तयारी सुरु

काठमाडौँ – राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद न्यूनीकरणका लागि आवश्यक तयारी भइरहेको जनाएको छ । प्राधिकरणले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना सार्वजनिक गर्दै विपद न्यूनीकरणका लागि आवश्यक तयारी भइरहेको जनाएको हो । प्राधिकरणले योजनाअनुसार मनसुन सुरु भएदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा नियमित कमान्ड पोस्टमा रहेर कार्य गरिने जनाएको छ । प्राधिकरणले यस वर्ष सरदर भन्दा धेरै वर्षा हुने सम्भावना रहेको भन्दै १८ लाख एक हजार मानिस र चार लाख हजार घर प्रभावित हुने अनुमान गरेको छ । पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर जोखिम...

Read More