Author: Himalaya Post

अर्थमन्त्रीको जवाफ : सवारीसाधनमाथि लगाइएको कर व्यवहारिक

काठमाडौँ – अर्थमन्त्री वर्षमान पुनले विधुतिय सवारीसाधानमा लगाइएको कर व्यवहारिक रहेको स्पष्ट पारेका छन् । मंगलबार राष्ट्रियसभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री पुनले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन र इन्धनको आयातको भन्सारबाट चालू आर्थिक वर्षमा कम्तिमा ४० अर्व राजस्व गुमेको भन्दै विधुतिय सवारीसाधानको आयातमा १० प्रतिशत कर बृद्धि गर्ने निर्णय व्यवहारिक रहेको बताएका हुन् । उनले विद्युतीय सवारी साधानको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारको नीति कायमै रहेको जानकारी दिए । जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न बजेटले उच्च प्राथमिकतामा दिएको भन्दै उनले कार्बन उत्सर्जन गर्ने वस्तुहरुमा हरित कर सुरु गरिएको बताए । उनले अतिकम विकसित मुलुकबाट विकसित मुलुकतर्फ नेपाल अघि बढिरहेको अवस्थामा अनुदान घट्दै जानु र ऋण बढ्दै जानु स्वभाविक रहेको धारणा राखे । अर्थमन्त्री पुनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न आलु प्याज र स्याउ लगाएतका फलफूलमा कर हटाइएको जानकारी दिदै विदेशबाट आयात गर्ने वस्तुहरुमा कर कायमै रहेको बताए । उनले विगतका वर्षमा गरिएका आर्थिक सुधारका विषयलाई निरन्तरता दिएको र मुलुकभित्रै रोजगारीको सिर्जना गर्दै अर्थतन्त्रलाई मजबुद बनाइने उल्लेख गरे । उन क्षेत्रलाई प्रवद्र्धन गर्ने गरि सरकारले नीतिहरु अघि बढाउने उनको भनाइ छ । बजेट अनुसार नै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरि मौदीक नीति आउने उनले बताए । त्यस्तै अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट उत्पादनमूखी र बस्तुपरक रहेको दाबी गरे...

Read More

मुलुकलाई दुर्घटनाबाट जोगाउन संविधान संशोधन आवश्यक : सांसद गौतम

काठमाडौँ – नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले मुलुकलाई दुर्घटनाबाट जोगाउन संविधान संशोधन गर्नुपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद गौतमले सुशासनको प्रत्याभूति गर्दै जनतामा आशा बढाउन नसके मुलुक दुर्घटनातर्फ जाने भन्दै मुलुकलाई जोगाउन संविधान संशोधन गर्नुपर्ने बताएका हुन् । उनले दलगत आग्रह र पूर्वाग्रहलाई छाडेर संविधान संशोधनका लागि राष्ट्रिय सरकार निर्माण गर्दै संघीयता, निर्वाचन प्रणाली लगाएका विषयमा छलफल गरेर संशोधनको बाटोतर्फ अघि जानुपर्ने धारणा राखे । देशमा पटक पटक गठबन्धन र सरकार परिवर्तन भएपनि जनतामा भने कुनै आशाको सञ्चार नभएको उनको भनाइ छ । सांसद गौतमले जनतामा आशा र भरोशा दिलाउनका लागि पनि दलहरु गम्भीर...

Read More

अरुण-३ जलविद्युतको सुरुङ ‘ब्रेक थ्रु’, विद्युत व्यापारमा नयाँ इतिहास बन्ने प्रधानमन्त्रीको विश्वास

सङ्खुवासभा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढी रहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन् । अरुण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१र८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको बताए। “विद्युत् प्रसारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्र समेत सहभागी हुनेगरी कानुनी प्रबन्ध गर्ने, जलाशययुक्त जलविद्युत आयोजनामा बाँध र विद्युत् गृह छुट्टाछुट्टै प्रवर्द्धकबाट निर्माण गर्ने गरी निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गर्ने प्रावधान बजेटमा राखिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “आगामी आवमा ९...

Read More

संसदमा बालेनविरुद्ध खनिँदै योगेश भट्टराईले भने : युवामाथि ठूलो धोका भयो

काठमाडौँ – नेकपा एमालेले गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणमा आफ्नो पार्टी र अध्यक्षमाथि अनावश्यक आरोप लगाउने काम भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै उनले गिरीबन्धुको विषयमा बनाएको कानून कार्यान्वयन गर्ने क्रममा कमी कमजोरी भएपनि त्यस विषयमा आफ्ना अध्यक्ष र पार्टीमाथि नियोजित रुपमा अनावश्यक आरोप लगाउने काम भएको बताएका हुन् । यसअघि पशुपतिमा जलहरिको कुरा उठ्दा छानबिन गर्न एमालेले सहयोग गरेको भन्दै उनले अहिले आएका सवै विषयमा पनि छानविन गर्न एमाले तयार रहेको बताए । उनले भने, ‘हिजो पशुपतिमा जलहरिको कुरा टाईँटाईँ फिस भयो । आज गिरीबन्धुको कुरा उठाइएको छ । यो संसदले सम्मानित सर्वोच्च अदालतको आदेश...

Read More

बरालिएको बजेटलाई यसवर्ष ट्रयाकमा ल्याउने काम भयो : स्वर्णीम वाग्ले

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले बरालिएको बजेटलाई यस वर्ष ट्रयाकमा ल्याउने काम भएको बताएका छन् । संसदमा बजेटमाथिको छलफलका क्रममा सांसद वाग्लेले बजेटले मुलुकको आर्थिक सुधारका आयामहरु खोलेको र यसअघि बरालिएको बजेटलाई यस वर्ष ट्रयाकमा ल्याउने काम भएको भन्दै अर्थमन्त्रीलाई शुभकामना दिए । आर्थिक सुधारको नयाँ घोषणालाई कार्यान्वयन गर्न नयाँ ढंगले बजेट कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए । सांसद वाग्लेले हरेक वर्ष बजेट बढाउदै लैजाने र मध्यावधि समीक्षाबाट सुकाउने गर्दा बजेटको विश्वसनीयतामा प्रश्न उठ्ने गरेकाले यसमा बिशेष ध्यान दिनुपर्ने धारणा राखे । उनले बजेटको आकार केही बढेको देखिएपनि जिडिपीको अनुपातमा यसबर्षको बजेट घटेर आएको बताए...

Read More