Author: Himalaya Post

अध्यक्ष ओलीको स्पष्टीकरण : बजेटप्रति एमालेको असन्तुष्टि छैन

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीको प्रश्नमा ओलीले बजेटमा असन्तुष्ट नरहेको बताएका हुन् । उनले सत्ता साझेदार दलसंग छलफल भएको भए बजेट अझ राम्रो हुने आफ्नो धारणा रहेको प्रतिक्रिया दिए । यसअघि शनिबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले बजेट अर्थमन्त्रीले भन्दा पार्टीले ल्याएको जस्तो भएको टिप्पणी गरेका थिए...

Read More

आवश्यकताको आधारमा बजेट विनियोजन हुन सकेन : पूर्वअर्थमन्त्री महत

काठमाडौँ – नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले आवश्यकताको आधारमा बटेट विनियोजन हुन नसकेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलका क्रममा महतले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेट प्राथमिकीकरण नगरिएको बताएका हुन् । उनले बजेटको आकार जति बढाइएपनि व्यवस्थित रुपमा खर्च गर्न नसके मुलुकको आर्थिक विकास हुन नसक्ने धारणा राखृ । उनले बजेटमार्फत उत्पादनशील क्षेत्रमा लगानी बढाउन नसक्दा मुलुकको आर्थिक वृद्धिमा असर पुग्ने बताए । राजस्व राम्रो उठाएपनि प्रतिफल नआएको कारण खोज्नुपर्ने उनले बताए । त्यस्तै एमाले सांसद बिष्णु पौडेलले सरकारले ल्याएको बजेट सन्तुलित भएको बताए । राजस्वले साधारण खर्च धान्न नसक्ने र ऋण तिर्नका लागि...

Read More

सीजीको घोषणा : विश्वकपमा शतक हान्ने नेपाली खेलाडीलाई १ लाख, अन्य पुरस्कार के छन्?

काठमाडौँ – चौधरी ग्रुप (सीजी) ले आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाली टोलीको प्रदर्शनअनुसार विभिन्न पुरस्कारको घोषणा गरेको छ । नेपाली टोलीले खेल जितेमा एक लाख ५० हजार रुपैयाँ दिने सीजीले जनाएको छ । यस्तै शतक प्रहार गर्ने खेलाडीलाई एक लाख, अर्धशतक प्रहार गर्नेलाई ५० हजार र हरेक विकेट बराबर खेलाडीलाई १५ हजार रुपैयाँका दरले पुरस्कार दिने सीजीले जनाएको छ । यस्तै हरेक छक्का प्रहारको १२ हजार, हरेक चौका प्रहारको ८ हजार र हरेक रनको १ हजार रुपैयाँ दिने सीजीले घोषणा गरेको छ । यसैगरी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ मा पुगे टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने सीजीले जनाएको छ...

Read More

श्रीलङ्कामा वर्षा जारी, बाढी र डुबानको जोखिम उच्च

कोलम्बो – श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डीएमसी)ले राजधानी कोलम्बोको बाहिरी क्षेत्र र टापुका अन्य केही क्षेत्रमा आइतबार भारी वर्षाका कारण ठूलो बाढीको चेतावनी जारी गरेको छ । सिँचाइ विभागका अनुसार आइतबार बिहानैदेखि परेको भारी वर्षाका कारण कोलम्बोको बाहिरी इलाकामा रहेको प्रमुख केलानी नदी र श्रीलङ्काको दक्षिणमा रहेको जिन नदीमा पानीको सतह उच्च तहसम्म पुगेको छ । डीएमसीले तल्लो क्षेत्रमा बसोबास गर्ने परिवारलाई उच्च स्थानमा जान सल्लाह दिएको जनाएको छ । मौसम विज्ञान विभागले आइतबार जारी गरेको पछिल्लो मौसम चेतावनीमा पश्चिमी र दक्षिणी प्रान्तमा १५० मिलिमिटरभन्दा बढी वर्षाको सम्भावना रहेको र सर्वसाधारणलाई घरभित्रै बस्न चेतावनी दिइएको छ । डीएमसीका अनुसार...

Read More

बजेट प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरुले बजेट प्रभावकारी कार्यान्वयन गर्न जोड दिएका छन्। आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान माथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बजेट विनियोजन गर्ने क्रममा समन्वय हुनुपर्नेमा जोड दिएका हुन्। उनले राज्य संयन्त्रको संस्थागत क्षमता अभिवृद्धिका लागि बजेट विनियोजन हुन नसकेको बताए। स्थानीय बजारमा रहेको स्रोतबाट आन्तरिक ऋण उठाउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै सांसद झाले सेयर बजारको अवस्थाले लगानी जोखिममा रहेकाले यसमा विचार गर्नुपर्ने बताए। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले क्रमागत प्रकृतिका विभिन्न महत्वपूर्ण योजना तथा कार्यक्रमका लागि पर्याप्त बजेट नपरेको र केही अनावश्यक योजनामा बजेट परेको बताए। कमजोर आर्थिक अवस्थाका नागरिक, दुर्गम क्षेत्र र सिमान्तकृत नागरिक लक्षित योजना तथा कार्यक्रम ल्याइनुपर्ने उनको भनाइ छ। हरेक गरिबलाई बजेट आएको महसुस हुनसक्नुपर्नेमा उनले जोड दिए। बजेटले निश्चित उद्देश्य, प्राथमिकता, रणनीति र रुपान्तरणकारी क्षेत्र तोकिनु सकारात्मक रहेको सांसद चौधरीले बताए। नयाँ चरणको आर्थिक सुधारको प्रयासका लागि बजेटमा व्यवस्था रहेको विषयलाई उनले सकारात्मक कदम भएको बताए। कृषि र सूचना प्रविधिका क्षेत्रमा लगानी दशक घोषणा गरिए भए पनि यसको प्रभावकारी कार्यान्वयनमा उनले आशङ्का व्यक्त गरे। जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झाले संसद्को अवरोधका कारण नागरिकका जनगुनासो संसद्मा पुग्न नसकेको बताइन्। आगामी आर्थिक वर्षको बजेट सन्तुलित रहेको उनको भनाइ छ। जनकपुरलाई ‘वेडिङ हब’ र लुम्बिनीलाई ‘बर्थिङ हब’का रुपमा विकास गर्ने कुरा सकारात्मक रहेको सांसद झाले बताइन्। सरकारको वार्षिक नीति तथा कार्यक्रमले समेटेका केही विषय बजेटमा छुटेको उनले उल्लेख...

Read More