Author: Himalaya Post

संसदमा बजेटमाथिको छलफलको औचित्यहीन : चित्रबहादुर केसी

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसदमा बजेटमाथिको छलफलको औचित्यमाथि प्रश्न उठाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा केसीले संसदमा जति बहस र छलफल गरेपनि बजेटमा कुनै परिवर्तन नहुने भएकाले बजेटमाथिको छलफलको औचित्य आफूले नदेखेको बताएका हुन् । बजेटको छलफल उत्साहजनक नरहेकाले आफू बैठकमा निदाएको उनले बताए । उनले भने, ‘यहाँ जतिसुकै उफ्रिए पनि सत्ता पक्षले प्रस्तुत गरेको बजेट एक सुका, एक आना पनि तलमाथि गर्न नपाइने, त्यसलाई स्वीकार गर्नुपर्ने भए पछि यसको छलफलको औचित्य मलाई लाग्न छाड्यो । आज यही छलफलमा म वाक्क लागेर निदाएछु । संसद रमाइलो छैन, दिक्क लाग्दो छ’ उनले नेपालको संविधानमा...

Read More

जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने

काठमाडौँ – यस वर्षको मनसुन यही जुन १३ अर्थात् जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आँकलन गरिएको छ । यद्यपि मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन हाल भारतको उत्तर पूर्वी भू–भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ आँकलन गरिएको भए पनि त्यसअघि नै भित्रिने देखिन्छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले नेपालमा मनसुन जुन १३ आसपास भित्रिने बताए । हाल मुलुकका विभिन्न भू–भागमा भइरहेको वर्षा मनसुनी वायुको प्रभाव नभई स्थानीय प्रणाली, पश्चिमी...

Read More

गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित

चौतारा – काठमाडौंबाट र्‍याफ्टिङका लागि अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको सुकुटेमा आइपुगेकी ज्योति श्रेष्ठले जीवनकै महत्वपूर्ण मज्जा अनुभव गरिन् । विश्वकै उत्कृष्ट दसौँ गन्तव्यभित्र पर्ने सिन्धुपाल्चोकको सुनकोसी नदीमा शनिबार र्‍याफ्टिङ गर्न उनीसहित १३ जनाको जम्बो समूह शुक्रबार नै आइपुग्यो । “हामीले सुनेका मात्रै थियौँ, र्‍याफ्टिङको मज्जा आफैँले लिन पायौँ”, उत्साहित हुँदै ज्योतिले भनिन्, “शनिबार चाप धेरै हुन्छ भन्ने सुनेर नपाइएला भन्ने निकै डर थियो ।” उनले कलेज छुट्टीको दिन मिलाएर अन्य साथीसँग फेरि आउने सोच अहिले नै बनाइसकेको बताईन् । “यति रमाइलो हुन्छ भन्ने आफैँले  गरेपछि थाहा भयो, साथीहरु सबैलाई अनुभवबारे ‘शेयर’ गर्छौं अनि यहाँ आउनलाई प्रेरित गर्छौं”, र्‍याफ्टिङपछि ज्योतिसँगै उभिएका...

Read More

प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले प्रसूति तथा स्त्री रोग अस्पतालको कुपण्डोलस्थित नयाँ भवन यथाशीघ्र सञ्चालन गर्न निर्देशन दिएका छन् । मन्त्री यादवले आज स्वास्थ्य मन्त्रालयका पदाधिकारीको टोलीसहित प्रसूति गृहको अनुगमन गर्दै नयाँ भवन पूर्ण रूपमा सञ्चालन गर्न, शौचालयको राम्रो व्यवस्थापन गर्न, आउटरिच क्लिनिकको सेवा बढाउने लगायत निर्देशन दिँदै मन्त्रालयको तर्फबाट सहयोगको प्रतिबद्धता गरे । उनले बच्चाहरूको शल्यक्रियाका लागि कान्ति बाल अस्पतालसँग शय्याका लागि समन्वय गर्न पहल गर्ने समेत उल्लेख गरे । प्रसूतिगृहको सो भवन गत फागुन २ गते उद्घाटन भइसकेको छ । पाँच तल्ले भवनमा ओपीडी सेवा, सुरक्षित गर्भपतन सेवा पाठेघरको क्यान्सरको जाँच, पिसाव चुहिने समस्या,...

Read More

विश्वकप छनोट दोस्रो चरणका लागि नेपाली फुटबल टोलीको विदाई

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट दोस्रो चरण खेल्न जाने नेपाली राष्ट्रिय फुटवल टोलीलाई विदाई गरेको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच एन्फा पदाधिकारीहरुले नेपालको झण्डा हस्तान्तरण गरेर विश्वकप छनोट दोस्रो चरण अन्तर्गत युएई र यमनसँग हुने खेल खेल्नका लागि साउदी अरब जान लागेको टोलीको बिदाइ गरेको हो । विदाई कार्यक्रममा राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले नेपाली टीमको तयारी राम्रो भएकाले अंक प्राप्तका लागि अवको खेल महत्वपूर्ण भएको बताए । अहिलेको टीमका सदस्यले देखाएको प्रदर्शन र तयारीले नतिजा राम्रो आउने उनको विश्वास छ । उनले होम ग्राउण्डमा खेल्न नपाउनु दुखद भएको बताए । त्यस्तै मुख्य...

Read More