Author: Himalaya Post

कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ – जिल्ला अदालत धनुषाले नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिसारतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । बुधबार जिल्ला न्यायाधीश चुरामन खड्काको इजलासले सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उक्त म्याद मंगलबारबाट नै लागू हुनेछ । सिरोहिया मंगलबार थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको मुख्यालयबाट पक्राउ परेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई प्रहरीले मंगलबार साँझ नै धनुषा पठाएको थियो । सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो । पक्राउ परेपछि अध्यक्ष सिरोहियाले राज्यमा बसेका व्यक्तिहरुको कर्तुतका बारेमा कान्तिपुरमा समाचार आएपछि आफुलाई प्रतिशोध साध्न पक्राउ गरेको बताएका थिए । उनले राज्यको अहिलेको कदम प्रेसमाथिको हस्तक्षेप भएको भन्दै थप शसक्त रुपमा प्रस्तुत हुने धारणा राखेका थिए । आफुलाई नागरिकताको विषयमा सोधपुछ नै नगरी पक्राउ गरिएको भन्दै सिरोहियाले गृहमन्त्रीको दुईवटा राहदानीका विषयमा अनुसन्धान गर्न चुनौती दिएका थिए...

Read More

संसदका लागि बजेटको अभाव हुन नदिन सभामुखको आग्रह

काठमाडौँ – सभामुख देवराज घिमिरेले संघीय संसदको कामकारवाहीका लागि बजेटको कमि हुन नदिन आग्रह गरेका छन् । बुधबार सिंहदरबारमा संसदका लागि आवश्यक पर्ने बजेटका विषयमा विषयगत समितिका सभापतिसहित अर्थमन्त्री वर्षमान पुनसंग छलफल गर्दै सभामुख घिमिरेले आगामी आर्थिक बर्षमा सचिवालयले प्रस्ताव गरेको बजेट नघटाउन आग्रह गरेका हुन् । बजेट अभावका कारण समितिहरुको काम कारवाहीमा असर परेको भन्दै उनले आगामी आर्थिक वर्षमा यसलाई विचार गर्न समेत आग्रह गरेका थिए । छलफलका क्रममा अर्थमन्त्री पुनले आगामी बजेटमा संसदको बजेटलाई कटौती हुन नदिने गरि अघि बढ्ने आश्वासन दिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिए ।...

Read More

सगरमाथा आरोहणका क्रममा एक नेपालीसहित दुई जना बेपत्ता

काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन्। मंगलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलले जानकारी दिए। चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार सात सय ५० मिटरको उचाइमा अवस्थित ‘साउथ समिट’ नजिक चिप्लिएर दुवैजना बेपत्ता भएका उनले बताए। दुवैजनाले यही जेठ ८ गते बिहान सगरमाथाको सफल आरोहण गरेका पर्यटन विभागका शाखा अधिकृत नारायणप्रसाद खनालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। शेर्पा र पिटरसन यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि गत चैत २२ गते ‘एटके एक्सपिडिसन प्रालि’मार्फत विभागको अनुमति लिई आरोहणमा निस्किएका थिए। वातावरण अनुकूल भएको अवस्थामा दुवैजना सगरमाथा आरोहण गर्न आधार शिविरबाट गत शुक्रबार दोस्रो आधार शिविरहुँदै शिखरतर्फ प्रस्थान गरेका पर्यटन विभागको आधारशिविरस्थित सम्पर्क कार्यालयले जनाएको छ। बेपत्ता दुवैजनाको खोजी गर्न उनीहरुको कम्पनीले ६ अनुभवी हिमाली पथप्रदर्शक परिचालन गरेको पर्यटन विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ। बेपत्ताको खोजीमा सहयोग गरिदिनसमेत विभागले विज्ञप्तिमार्फत अनुरोध गरेको...

Read More

क्यालेडोनियाबाट थप अस्ट्रेलियाली स्वदेश फर्काइँदै

क्यानबेरा – बुधबार न्यू क्यालेडोनियाबाट थप अस्ट्रेलियालीहरूलाई स्वदेश फर्काउने सङ्घीय सरकारले बुधबार पुष्टि गरेको छ । नागरिक अशान्तिको बिचमा मे महिनाको सुरुमा उडानहरू रद्द हुँदा न्यू क्यालेडोनियामा फसेका लगभग एक सय जना अस्ट्रेलियालीलाई नौमियाबाट ब्रिसबेनका लागि फ्रान्सेली उडानमार्फत फिर्ता गरिने प्यासिफिक मन्त्री प्याट कनरायले बताए । सङ्घीय सरकारले दक्षिण प्रशान्त महासागरमा फ्रान्सेली क्षेत्रबाट नागरिकहरू स्वदेश फर्काउने अनुमति प्राप्त गरेपछि मङ्गलबार राती रोयल अस्ट्रेलियन एयर फोर्स (आरएएएफ) को दुईवटा उडानमा ८४ जना अस्ट्रेलियाली नागरिक स्वदेश पुगेका छन् । न्यू क्यालेडोनियामा रहेका लगभग तीन सय अस्ट्रेलियालीले स्वदेश फिर्ताका लागि विदेश मामिला तथा व्यापार विभागमा निवेदन दर्ता गरेका थिए । पहिलो उडानबाट...

Read More

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवं प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् । ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरूका नागरिकमा देखा परेको भयावह अवस्थाको सम्बोधन हुनुपर्ने बताए । “हामीमाथि गरिएको यो भयावह अन्यायका कारण हाम्रा देशका नागरिहरू र पर्वतीय पारिस्थितिकी प्रणाली जलवायु–प्रेरित प्रकोपले गम्भीर रूपमा प्रभावित भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “जोडदारसँग हामी न्यायको माग गर्दछौँ ।” स्थानीय नेतृत्वमा विज्ञानमा आधारित पर्याप्त, पूर्वानुमानयोग्य र पहुँचयोग्य कोष र प्रविधिको वितरण आवश्यकता भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले समान र पारदर्शी तवरले हानि र क्षतिको कोषको पूर्ण सञ्चालन गर्ने विषयले प्राथमिकता पाउनुपर्नेमा जोड दिए । उनले भने, “हामी पर्वतमा बसोबास गर्ने सबैभन्दा कमजोर महिला, युवा, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू, स्वदेशी जनजाति र स्थानीय समुदायहरूलाई जलवायु कार्यको प्राथमिकतामा राख्न अनुरोध गर्दछौँ ।” नेपाल पेरिस सम्झौताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्षअघि सन् २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जन हासिल गर्ने लक्ष्य राखेका जानकारी दिए । उनले भने, “स्वच्छ ऊर्जा सुरक्षित गर्न हामी जलविद्युत् सम्भावनाको पूर्ण उपयोग गर्नेछौँ । पहिले नै ४५ प्रतिशत वन क्षेत्रको जमिन सुरक्षित गर्दै छौँ ।” “पर्वत, पर्वतीय सभ्यता, पर्वतीय पारिस्थितिकी प्रणाली र पर्वतीय बासिन्दाहरूको संरक्षण र प्रवर्द्धन गर्नका लागि हाम्रो सामूहिक प्रयासमा सामेल होऔँ,” प्रधानमन्त्रीले भने, “पर्वतहरूमा जलवायु परिवर्तनले ल्याउने साझा चुनौतीहरू समाधान गर्न सहकार्य र एकता जुटाउन प्रयास गरौँ ।” संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत वर्ष...

Read More