चौथो सांग्रिला साइकल र्याली जेठ २३ गते हुने
काठमाडौं – चौथो सांग्रिला साइकल र्याली यही २०८३ जेठ २३ गते शनिबार आयोजना हुने भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर आयोजना हुँदै आएको सांग्रिला साइकल र्याली यसपटक जेठ २३ गते शनिबार आयोजना गर्न लागिएको हो । र्याली, काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनबाट शुरु भइ दरबार मार्ग, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपूल, जैन भवन, सांग्रिला डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालय बालुवाटार हुँदै एलिस रिसप्सेन गैरीधारामा पुगेर समापन हुने छ । विहान ७ बजे शुरु हुने र्यालीमा सहभागी हुन ह्वाट्स नम्बर ९८६३५८९००१ मा registration लेखि पठाएर वा https://wa.me/message/3EHCI74Z2DQAK लिंकमा गएर वा तस्बिरमा रहेको क्यूआर कोडमा स्क्यान...
Read More

























