Author: Himalaya Post

नेप्से परिसूचक २२.२१ अङ्कले उकालो

काठमाडौँ-  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २२.२१ अङ्कले उकालो लागेर दुई हजार ७७७.५८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७८ अङ्कले उकालो लागेर ४७३.५१ मा पुगेको छ । कुल ३४६ कम्पनीको एक करोड १३ लाख ८५ हजार १०० कित्ता शेयर रु पाँच अर्ब २६ करोड ५२ लाख ७५ हजार २९९ मूल्यमा खरिद बिक्री भएको छ । कारोबारका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्षस्थानमा छ । नेपाल पुनर्बीमा कम्पनी, रिडी पावर कम्पनी, सेन्ट्रल फाइनान्स र हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रहेका...

Read More

प्रतिनिधिसभा बैठक जेठ २५ गते सोमबारसम्मका लागि स्थगित

काठमाडौं- प्रतिनिधि सभाको बैठक जेठ २५ गते सोमबारसम्मका लागि स्थगित गरिएको छ । मंगलबार बसेको बैठकमा सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै बिपक्षी दलका सांसदहरुले विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले एकसाता पछि बस्ने गरि संसदको बैठक स्थगित गरेका हुन् । मंगलबार बैठक सुरु हुनेबितिकै बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले बोल्नका लागि समय दिएका थिए। सो क्रममा नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले देशका कार्यकारी प्रमुखले सीमाका बारेमा दिएको अभिव्यक्ति राष्ट्रियता बिपरित रहेकाले गम्भीर बिषयमा प्रधानमन्त्रीले माफी माग्दै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् । उनले देशका बिषयमा गम्भीर प्रश्न उठेकाले यसलाई टुङ्गोमा नपुराइ बजेटसम्बन्धी...

Read More

आलेख विश्व सम्पदा सूचीको पर्खाइमा दैलेखका देवल

दैलेख – झण्डै १८ वर्षअघि अर्थात् सन् २००८ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले दैलेखको ऐतिहासिक एवं पुरातात्त्विक महत्वको पञ्चदेवललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि सिफारिस ग¥यो । त्यो सिफारिसले दैलेखी जनता र समग्र कर्णालीवासीमा एउटा ठूलो आशा जगाएको थियो दैलेखको इतिहासले अब विश्व मञ्चमा विशिष्ट पहिचान पाउनेछ । तर, विगतमा सरकारी उदासीनता र कछुवा गतिको कार्यशैलीका कारण त्यो ऐतिहासिक सिफारिस लामो समयसम्म सिंहदरबारका अमूक फाइलमै थन्किरह्यो । अन्ततः १८ वर्ष लामो प्रतीक्षा र निराशापछि पुरातात्विक महत्वको यस पञ्चदेवललाई ‘संरक्षित स्मारक क्षेत्र’ बनाउने र विश्व सम्पदा सूचीको यात्रामा अगाडि बढाउने महाअभियानले वर्तमान सरकार गठनपछि भने...

Read More

अन्नपूर्ण हिमाल आरोहण दिवसमा दोर्दीमा पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौं – ७६औँ अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा लमजुङको दोर्दी गाउँपालिकामा पर्यटन प्रवर्द्धन तथा अन्तक्र्रिया कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम आगामी जेठ २० र २१ गते सञ्चालन हुने आयोजकले जनाएको छ । उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, दोर्दी गाउँपालिका तथा अन्नपूर्ण संरक्षण आयोजना ९एसीएपी०को सहकार्यमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टान गण्डकीले कार्यक्रम आयोजना गर्न लागेको हो । आयोजकका अनुसार यस वर्षको कार्यक्रमले दोर्दी क्षेत्रका सम्भावनायुक्त नयाँ पदमार्ग तथा पर्यटकीय गन्तव्यलाई पर्यटन बजारमा स्थापित गर्न विशेष योगदान पुर्याउने अपेक्षा गरिएको छ । पछिल्ला वर्षहरूमा सडक विस्तार र बढ्दो व्यावसायीकरणका कारण केही स्थापित...

Read More

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ- राष्ट्रियसभाको बैठक भोलि बुधबार १२ः१५ मा बस्नेगरी स्थगित भएको छ । कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको छ । आजको बैठक सुरु हुनेबित्तिकै सांसदले प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले सीमाका सम्बन्धमा दिएको वक्तव्यका सम्बन्धमा असहमति राख्दै सदनको कारबाही अगाडि बढ्न नसक्ने धारणा राखेका छन् । सभाध्यक्ष नारायणप्रसाद दाहालले पटकपटक सदनको कारबाही अगाडि बढाउन आग्रह गरेका थिए। उनले विभिन्न कार्यसूची अगाडि बढाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै बैठक सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई अनुरोध गरेका थिए तर सांसदहरूले असहमति प्रकट गरेका थिए । आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची थियो । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वक्तव्यसहित...

Read More