Author: Himalaya Post

‘सभामुख सरकारको सजिलोका लागी काम गर्ने ब्यवस्थापक होइनन , संसदको गरिमा र नियमको संरक्षक हुनुपर्दछ ” : महेश बर्तौला

काठमाडौँ- हिजोको  प्रतिनिधिसभा बैठकले संसदीय प्रकृयाको मूल आत्मामाथि गम्भीर प्रश्न उठाएको छ । के संसद बिधि, नियम र प्रक्रियाले चल्ने सर्वोच्च संस्था हो वा सत्तालाई सहजता दिने औपचारिक मञ्च मात्रै ? आज बसेको प्रतिनिधिसभा बैठकको क्रममा प्रधानमन्त्रीले आकस्मिक रूपमा हात उठाएपछि सभामुखले तत्काल रोस्ट्रम प्रयोग गर्न अनुमति दिनु , त्यसपछि दलिय आधारमा एक एक जनाले दुइ मिनेट भित्र प्रधानमन्त्री लाई प्रश्न गर्न सभामुखको आसन बाट रुलिङ हुनु र अनि प्रधानमन्त्रीले सांसदहरूले उठाएका विषयमा फटाफट कुनै तयारी बिना फगत औपचारिकता पुरा गर्न जवाफ दिएर हड्बडाउदै बैठक कक्षबाट बाहिरिनु सामान्य संसदीय अभ्यास, नियम भन्दा बिल्कुल फरक र प्रक्रियागत रूपमा निक्कै विवादास्पद...

Read More

विद्युतमा भ्याट फिर्ता हुँदैन उपभोक्तालाई सहुलियत दिन्छौं: अर्थमन्त्री वाग्ले

काठमाडौं – अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताएका छन् । उनले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पहरूमा छलफल भइरहेको समेत बताए । आगामी साउनदेखि नै अन्तिम उपभोक्तालाई मार नपर्ने गरी विकल्प ल्याइने उनको भनाइ छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै उनले भने,’विद्युतमा भ्याट आयो, आउँछ तर उपभोक्तालाई मार नपर्ने गरी हामीले सोचिरहेका छौं ।’ आगामी आवको बजेटमा ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तालाई कर लाग्ने व्यवस्था आएपछि यसको सर्वत्र आलोचना भइरहेको छ । अर्थमन्त्री वाग्लेले विजुलीमा भ्याट सरकारले ठूलो आँटका साथ लगाएको उनले बताए...

Read More

पाँच वर्षको सोचसहित जग बसाउने बजेट ल्याएका हौं : अर्थमन्त्री वाग्ले

काठमाडौं – अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधी सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया कार्यक्रमा अर्थमन्त्री वाग्लेले बजेटमा प्रयाप्त तयारी गर्ने समय नहुँदा केही विषय अर्को वर्षको बजेटले संबोधन गर्ने बताए। उनले अहिलेको सरकार ५ वर्षकोलागि भएकाले एउटा मात्रै बजेटमा सबै विषय अपेक्षा नगर्न आग्रह गरे। उनले आगामी आर्थिक वर्षको बजेट कार्यन्यन हुँदा ७४ खर्ब ५८ अर्बको कुल ग्रहस्थ उत्पादन पुग्ने बताए। भुकम्पपछि कुल ग्रहास्थ उत्पादनको तुलनामा ३७ प्रतिशतसम्म आएकोमा अहिले करिब प्रक्षेपित जिडिपिको २८ प्रतिशत मात्रै विनियोजन गरिएको बताए। अर्थमन्त्री वाग्लेले १५ सय ८० अर्ब राजश्व संकलन गर्ने लक्ष्य राखेको बताउँदै ऋणमा...

Read More

‘बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ’ : कमलेश अग्रवाल

काठमाडौं – नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट महत्वाकांक्षी देखिए पनि यसको कार्यान्वयन हुन सकेमा यसले निजी क्षेत्रको मनोबल बढाउने बताए । उनले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आयोजित पोस्ट बजेट डिस्कसनमा बोल्दै यस्तो बताएका हुन् । उनले भने, ‘लामो समयदेखिको सिथिल अर्थतन्त्रलाई चलायमान बनाउने छ । मुलुकको अर्थतन्त्रलाई नयाँ आयाम दिँदै आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने सुरुवात बिन्दुको रुपमा यो प्रस्तुत गरिएको देखिन्छ ।’ नेपाल लामो समयदेखि नीति र नियतको दलदलमा अल्झिएकाले आगामी आर्थिक वर्षको बजेटले आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने उनले अपेक्षा राखेका छन् । उनले भने, ‘नेपाल...

Read More

विश्व सुर्तीजन्य पदार्थ दिवस चेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइदै

काठमाडौं- विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस, विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ । सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रुपको भ्रम चिरौ, कुलतबाट टाढा बसौं, स्वास्थ जीवन रोजै भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाइएको हो । नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक ३९ हजार जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ । विश्वमा सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ८० लाखभन्दा धेरै मानिसले ज्यान गुमाउने गरेका छन् । सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि चेतना फैलाउने उदेश्यका साथ हरेक वर्ष मे ३१ तारिखमा यो दिवस मनाइन्छ । दिवसका अवसरमा राष्ट्रिय स्वास्थ्य...

Read More