Author: Himalaya Post

‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको छ ; प्रधानमन्त्री शाह

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीको प्रश्नको जवाफ दिँदै ‘भिजिट भिसा’मा गएर कामका लागि अनुमति पाएपछि कामदार भिसा लिन नेपाल आउनुपर्ने बाध्यता भएको अवस्थामा विदेशमै बसेर भए पनि कन्भर्ट गर्न सकिने विकल्पमा श्रम मन्त्रालयले काम गरिरहेको अवगत गराए । बजेटमार्फत मासिक ५० युनिटभन्दा धेरै विद्युत् खपत गर्ने उपभोक्तालाई ५ प्रतिशत मूल्यअभिवृद्धि कर लगाउने व्यवस्था गरिएका सन्दर्भमा सोधिएको प्रश्नमा प्रधानमन्त्रीले विद्युत् प्रणालीको क्षमता अभिवृद्धि गर्न सो कर लगाइएको स्पष्ट पारेका छन् । “तुरुन्तै विद्युतीय युगमा जान सकिने अवस्था छैन, देशका हरेक...

Read More

सरकारको पहिलो बर्षलाई सुशासनको बर्षको रुपमा लिएको छ; प्रधानमन्त्री बालेन्द्र शाह

 काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको पहिलो बर्षलाई सुशासनको बर्षको रुपमा लिएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठक रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले सोधेको प्रश्नमा प्रधानमन्त्री शाहले मुलुकलाई सुशासन कायम गर्न वर्तमान सरकारको ध्यान केन्द्रीत रहेको बताएका हुन् । सुशासनका लागि पूर्वाधार निर्माण लगाएत बिकास निर्माणलाई प्राथमिकता दिइएको उनले बताए । प्रधानमन्त्री शाहले भ्रष्टाचारलाई निर्मूल पार्न आफु नेतृत्वको सरकार तत्पर रहेको धारणा राखेका छन्। उनले सहज रुपमा सार्वजनिक सेवा प्रवाहको कार्य महशुस हुनेगरि सुरु भइसकेको भन्दै सरकारले यसलाई प्रभावकारी रुपमा निरन्तरता दिने उल्लेख गर्नुभयो...

Read More

कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले भारतसँगका सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद पद्मा अर्यालले भारत र चीनले नेपाली भूमि लिपुलेक भएर व्यापार गर्न सडक निर्माणलगायत संरचना बनाएको सन्दर्भमा प्रतिनिधिसभाको आजको बैठकमा गरेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले उक्त जवाफ दिएको हो । प्रधानमन्त्रीले नेपाल र भारतबीचको सीमा विवादमा इतिहासविद्सहितको संलग्नतामा समाधानको प्रयत्न भएको सदनलाई जानकारी दिँदै सम्बन्धितसँग बसेर वार्ताबाट निकास खोजिने जानकारी दिए । यस विषयमा बेलायत सरकासँग पनि छलफल गर्नुपर्ने प्रधानमन्त्री शाहले बताए । “नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा कालापानी क्षेत्रको भूभागका सम्बन्धमा नेपाल सरकारले औपचारिक रुपमा कूटनीतिक ‘नोट’...

Read More

लिपुलेक–लिम्पियाधुराबारे भारत र चीनलाई कूटनीतिक नोट पठाएका छौँ : प्रधानमन्त्री शाह

काठमाडौं – लिपुलेकमा चीन र भारतले खोलेको व्यापारिक मार्गबारे सरकारले भारत र चीनलाई डिप्लोमेटिक नोट पठाएको जानकारी गराएको छ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले त्यस्तो जानकारी गराएका हुन् । एमाले सांसद पद्मा अर्यालले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले भने, ‘लिपुलेख र लिम्पियाधुरामा भारत र चीनले बनाएको व्यापारी मार्गको बारेमा डिप्लोमेटिक नोट पठाएको छ । जवाफ पनि आएको छ ।’ प्रधानमन्त्री शाहले दुवै पक्षका इतिहासविद् र कूटनीतिज्ञलाई राखेर समस्याको समाधान गर्ने कुरा भएको बताए...

Read More

जवाफ दिन रोष्ट्रममा प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न थालेका छन् । प्रधानमन्त्री शाहले संसद् बैठकमा उपस्थित भएर जवाफ नदिएको भन्दै विपक्षी दलहरूले आवाज उठाउँदै आएका थिए । सो क्रममा प्रधानमन्त्री शाह आइतबारको बैठकमा उपस्थित भएका हुन् । विपक्षीहरूले लगातार माग गरेपछि प्रधानमन्त्री शाह संसद् बैठकमा उपस्थित भएर जवाफ दिन तयार भएका छन् । संसद्मा बोल्न चाहेका बेला प्रधानमन्त्रीलाई बोल्न दिने अभ्यास छ । यस अन्तर्गत रहेर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्न हात उठाए । सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएको उद्घोष गरे लगत्तै प्रधनमन्त्री बालेन हात उठाए र बोल्न दिन इशारा गर्दै उठे । त्यसपछि...

Read More