दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
काठमाडौँ – दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावासहरू बन्द गर्ने नेपाल सरकारको निर्णयप्रति गैरआवासीय नेपाली (एनआरएन) अभियन्ताहरूले गम्भीर चिन्ता व्यक्त गर्दै उक्त निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व कोषाध्यक्ष हिकमत थापा, एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) दक्षिण अफ्रिकाका अध्यक्ष डा. पुष्पराज भट्टराई, एनआरएनए नाइजेरियाका अध्यक्ष सोमेश अर्याल, एनआरएनए कङ्गोको अध्यक्ष विष्णु गिरी, एनआरएनए बोत्स्वानाका अध्यक्ष शान्ति कँडेल तथा एनआरएनए एनसीसी कोलम्बियाका अध्यक्ष छत्रबहादुर मैनालीले दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णयप्रति दुःख व्यक्त गरेका हुन् । उनीहरूले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत दक्षिण अमेरिकी मुलुक ब्राजिलमा रहेको नेपालको...
Read More

























