काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको पहिलो बर्षलाई सुशासनको बर्षको रुपमा लिएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार प्रतिनिधिसभा बैठक रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले सोधेको प्रश्नमा प्रधानमन्त्री शाहले मुलुकलाई सुशासन कायम गर्न वर्तमान सरकारको ध्यान केन्द्रीत रहेको बताएका हुन् । सुशासनका लागि पूर्वाधार निर्माण लगाएत बिकास निर्माणलाई प्राथमिकता दिइएको उनले बताए । प्रधानमन्त्री शाहले भ्रष्टाचारलाई निर्मूल पार्न आफु नेतृत्वको सरकार तत्पर रहेको धारणा राखेका छन्।


ADVERTISEMENT

# # #


उनले सहज रुपमा सार्वजनिक सेवा प्रवाहको कार्य महशुस हुनेगरि सुरु भइसकेको भन्दै सरकारले यसलाई प्रभावकारी रुपमा निरन्तरता दिने उल्लेख गर्नुभयो ।