Author: Himalaya Post

एसइईमा उत्कृष्ट नतिजा ल्याउने युनिकलाई १ लाख पुरस्कार

गोरखा – यस वर्षको एसइईमा फोर (चार) जिपिए ल्याएर उत्तीर्ण गरेका युनिक पनेरुलाई बारपाक सुलिकोट गाउँपालिकाले पुरस्कारस्वरुप रु एक लाख तथा सम्मानपत्र प्रदान गरेको छ । गाउँपालिकाको अघिल्लो वर्षदेखि लागू भएको सो कार्यक्रमअनुसार गणतन्त्र दिवसको अवसर पारेर आयोजित कार्यक्रममा पनेरुलाई सम्मान गरिएको हो । “एसइईमा चार जिपिए ल्याउने विद्यार्थीलाई रु एक लाख पुरस्कार दिने गाउँपालिकाले गत वर्ष घोषणा गरेको थियो”, गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले भने, “त्यही कार्यक्रमअन्तर्गत हाम्रो शैलपुत्री माविबाट एसइई दिएर चार जिपिए ल्याएर उत्तीर्ण गरेका पनेरुलाई आज आयोजित अस्पताल उद्घाटन तथा पुरस्कार, वितरण कार्यक्रममा पुरस्कार दिइएको हो ।” गाउँपालिकाले ३.४ देखि ३.५९ जीपीए ल्याउने सात जनालाई रु...

Read More

एकै दिन तोलामा २० हजार ५०० रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं – विगत केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा २० हजार ५०० ले बढेको हो । गत शुक्रबार रु दुई लाख ९० हजारमा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज रु तीन लाख ११ हजार १०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदीको मोल रु पाँच हजार ३४५ निर्धारण भएको छ । गत शुक्रबार एक तोला चाँदी रु पाँच हजार ४० मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको सेतो धातुको ८७...

Read More

मनाङमा भारतीय सहयोगमा अस्पताल भवन निर्माण सुरु

काठमाडौं – गण्डकी प्रदेशको मनाङ जिल्लास्थित नासोँ गाउँपालिका–५ मा अस्पताल भवन निर्माणका लागि शिलान्यास गरिएको छ। काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा अस्पताल भवनको शिलान्यास गरेका हुन् । भारत सरकारको करिब ५ करोड ६० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त अस्पताल भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत नासोँ गाउँपालिकामार्फत कार्यान्वयन गरिने जनाइएको छ। शिलान्यास कार्यक्रममा नासोँ गाउँपालिकाका अध्यक्ष गुरुङसहित स्थानीय सरोकारवालाले भारत सरकारद्वारा उपलब्ध गराइँदै आएको विकास सहयोगको प्रशंसा गर्दै नयाँ अस्पताल भवनले स्थानीयवासीलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।...

Read More

योगी नरहरिनाथको तपोभूमिमा सुविधासम्पन्न धर्मशाला बनाउने मुख्यमन्त्री बानियाँको घोषणा

भरतपुर- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आँपटारीस्थित योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा सुविधासम्पन्न धर्मशाला निर्माण गरिने बताएका छन् । आफ्ना दुई मन्त्रीहरुसहित शनिबार कोटिहोम महायज्ञको दर्शन गर्न पुगेका मुख्यमन्त्री बानियाँले यस्तो बताएका हुन् । शुक्रबार प्रधानसेनापति अशोकराज सिग्देलले पनि महायज्ञको दर्शन गर्नुका साथै पूजाअर्चना गरेका थिए । ‘देश विदेशबाट आउने भक्तजनहरु पनि बस्न मिल्ने खालको लिफ्टसहितको धर्मशाला निर्माण गर्नुपर्नेछ । कथा प्रवचन गर्नका लागि एउटा राम्रो भवनको पनि अभाव रहेछ । यतिराम्रो आध्यात्मिक क्षेत्र छ, यसको समग्र विकास गर्न आउँदो बजेटमा बागमती प्रदेश सरकारले विशेष व्यवस्था गर्नेछ’, भक्तजनका अगाडि मुख्यमन्त्री बानियाँले भने । उमेर, शक्ति र पद सँधै नरहने बताउँदै...

Read More

विश्वभर १ अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, ४ करोड बालबालिका समेत जोखिममा

काठमाडौं – आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु हो । डब्ल्युएचओ सदस्य राष्ट्रहरूले सन् १९८७ मा विश्वव्यापी रूपमा सुर्तीजन्य पदार्थको महामारी तथा यसबाट हुने रोक्न सकिने मृत्यु र रोगप्रति ध्यानाकर्षण गराउन यो दिवसको सुरुआत गरेका हुन्। सन् १९८७ मा विश्व स्वास्थ्य सभाले पारित गरेको प्रस्ताव डब्लुएचए ४०।३८ ले सन् १९८८ अप्रिल...

Read More