Author: Himalaya Post

गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न आग्रह

लन्डन– गैरआवासीय नेपाली सङ्घ युकेले आन्दोलनरत अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । सोमबार ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई ज्ञापनपत्र बुझाएको एनआरएन युकेले मङ्गलबार लण्डनस्थित नेपाली राजदूतावासमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाउँदै अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकको समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गरेको हो । गोर्खा विभाग प्रमुखसमेत रहेका गैरआवासीय युकेका अध्यक्ष प्रेम गाहामगरले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा भनिएको छ, ‘नेपाल सरकार गोर्खा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न प्रतिबद्ध रहेको र यससम्बन्धी कूटनीतिक प्रक्रिया पनि सुरु गरिसकेको भन्ने मन्त्रिपरिषद्को १६ अगष्टको निर्णयलाई हामीले सकारात्मकरूपमा...

Read More

६ केजी १ सय ६८ ग्राम चाँदीका गहना सहित १ जना पक्राउ

पर्सा– वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट ६ केजी १ सय ६८ ग्राम चाँदी जस्तो देखिने धातुको गहना सहित प्रसौनी गाउँपालिका–६ ठेगाना भएका ६० वर्षीय नागेन्द्र साह सोनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट अवैध रुपमा चाँदीका गहना ल्याउँदै गरेको सूचनाको आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त धातुको गहना सहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ...

Read More

यौन व्यवसाय सञ्चालन अभियोगमा ७ जना पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका–३ कान्तिपुर हाईटस्थित अपार्टमेन्ट भाडामा लिई अवैध रुपमा यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय सञ्चालन गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२८ ढल्कु बस्ने झापा दमक नगरपालिका–७ घर भएका ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका–६ कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका–८ घर भएकी २३ वर्षीया ललिता विक, काठमाडौं बुढानिलकण्ठ नारायणस्थान बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल बिष्ट, ललिपतुर ललितपुर महानगरपालिका–८ पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–३...

Read More

नेपालमा नयाँ समाजवादको मोडल विकास गर्नैपर्छ : डा. भट्टराई

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ समाजवादको मोडको विकास गर्न आवश्यक रहेको बताएका छन् । समाजवादी केन्द्र, नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले दक्षिण एशियामा धार्मिक कट्टरपन्थ फलिने खतरालाई ध्यानमा राखेर नयाँ खालको विचार संश्लेषण आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘अहिले अफगानिस्तानमा तालिवानको आगमनपछि दक्षिण एशियामा फेरि धार्मिक कट्टरपन्थी फैलिने जुन खतरा छ, यसलाई ध्यानमा राखेर नयाँ खालको विचार संश्लेषण र त्यसको आधारमा नेपाल सुहाउँदो नयाँ समाजवादको मोडल हामीले विकास गर्नै पर्छ । त्यो नै समाधान हो ।’ उनले एमाले अध्यक्ष केपी शर्मा...

Read More

मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ : अध्यक्ष दाहाल

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताएका छन् । समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘एक्काइशौँ शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक अन्तकिर्यामा अध्यक्ष ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका विषयमा हिजोबाट नयाँ परिस्थिति बनेको जनाएका हुन् । उनले भनेका छन्, ‘आज बिहान मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र म बसेका थियौँ, अब ढिलो गर्नुहुँदैन, छिटो टुङ्ग्याउनुपर्छ भनेका छौँं । हिजो दर्ता भएको पार्टीको सनाखत टुङ्गिने वित्तिकै मन्त्रिपरिषद् विस्तार टुङ्ग्याउनुपर्छ भन्ने सहमति भएको छ ।’ उनले अहिले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको उद्देश्य लोकतन्त्र र संविधानको रक्षाका लागि भएको जिकिर गरे । उनी भन्छन्, ‘पहिले...

Read More