Author: Himalaya Post

सरकारले समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करका दरमा बृहत् पुनरावलोकनको घोषणा गरेको छ; अर्थमन्त्री डा .स्वर्णिम वाग्ले

काठमाडौं- सरकारले समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करका दरमा बृहत् पुनरावलोकनको घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा .स्वर्णिम वाग्लेले मध्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करका दरमा बृहत् पुनरावलोकन गरेको जानकारी दिएका छन् । करको बोझ घटाउन आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि दश लाख रूपैयाँ पु¥याएको उनले बताएका छन्। त्यस्तै व्यक्तिगत आयकरको अधिकतम दरलाई दश प्रतिशत विन्दुले घटाएको, औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तुभन्दा कम्तीमा एक तह न्यून हुनेगरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको मन्त्री वाग्लेले बताए...

Read More

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीद्वारा बजेट वक्तव्य सुरु

काठमाडौँ – अर्थमन्त्री डा .स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट वक्तव्य सुरु गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा उहाँले आज आर्थिक वर्ष २०८३र८४ को आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्न सुरु गरेका हुन् । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्य स्वीकृत गरेको थियो । चालु आर्थिक वर्षका लागि अघिल्लो सरकारले रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट विनियोजन गरिएको थियो । जसमा कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड, पूँजीगततर्फ रु ४ खर्ब ७ अर्ब ८९ करोड विनियोजन गरिएको थियो । यस्तै वित्तिय व्यवस्थातर्फ रु ३ खर्ब ७५ अर्ब २४...

Read More

संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल

काठमाडौँ  – सभामुख डोलप्रसाद अर्यालले संसद् केबल कानुन निर्माण गर्ने थलोमात्र नभई लोकतान्त्रिक मूल्यमान्यता, उत्तरदायित्व, संवाद, सहमति र राष्ट्रिय हितको संरक्षण गर्ने प्रमुख मञ्च भएको बताएका छन्। उन्नाइसौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले लोकतन्त्रलाई थप सुदृढ, जिम्मेवार तथा परिणाममुखी बनाउने दिशामा संसद्को भूमिका अझ प्रभावकारी बनाउन आवश्यक रहेकामा जोड दिएका छन् । लोकतन्त्रको सुदृढीकरणबाट मात्र जनताले अपेक्षा गरेको सुशासन, भ्रष्टाचार नियन्त्रण र जनमुखी विकास प्राप्त हुने र राष्ट्र समृद्ध हुने उनको भनाइ छ । “आजको दिन नेपाली जनताको लामो राजनीतिक सङ्घर्ष, त्याग, बलिदान, समर्पण तथा लोकतान्त्रिक आकाङ्क्षाको महत्वपूर्ण उपलब्धिका रूपमा इतिहासमा अङ्कित दिन हो”, उनले...

Read More

सगरमाथा दिवस मनाईदै

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा बिभिन्न कार्यक्रमको आयोजना गरि सगरमाथा दिवस मनाइएको छ । सन् १९५३ मे २९ मा न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । पर्यटन विभागका अनुसार आठ हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । विश्वका १४ वटा अग्ला हिमालमध्ये आठ वटा नेपालमा छन् । दिवसका अवसरमा पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले शुक्रबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनको असरले बढ्दोरुपमा हिउँ...

Read More

सुदृढ राष्ट्रिय एकताले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुने;गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट

काठमाडौं- गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सुदृढ राष्ट्रिय एकताले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुने बताएका छन्। गणतन्त्र दिवसका अवसरमा गण्डकी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कोे कार्यालयले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा प्रदेश प्रमुख भट्टले संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने समेत बताए । वंश परम्परामा आधारित शासन व्यवस्थालाई जनतामा निहित सार्वभौम सत्ताको प्रयोग मार्फत जनताले नै चयन गरेका प्रतिनिधिबाट सञ्चालन हुने प्रणालीमा रूपान्तरण गर्नु गणतन्त्रको मूलभूत विशेषता रहेको उनले बताए । सोही अबसरमा गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता,...

Read More