Author: Himalaya Post

सात सडक बालबालिकाको उद्धार

बाग्मति– लामो समयदेखि हेटौँडामा सडक बालबालिकाको रुपमा रहेका सात जनालाई विभिन्न सङ्घसंस्थाको पहलमा उद्धार गरिएको छ । उद्धार गरिएका बालबालिकामा छ जनालाई मामाघर नेपालमा र एक जना बालिकालाई माइती नेपालमा संरक्षणको लागि राखिएको बताइएको छ । ती बालबालिकाहरुमा १५ वर्षीया सन्ध्या लामा, १० वर्षीय आकाश मलाह, १३ वर्षीय सन्दिप गोले, १५ वर्षीय मुस्कान मलाह, १८ वर्षीय उमेश तामाङ, १८ वर्षीय भिमराज थिङ र १४ वर्षीय हिमाल लामा रहेका छन् । बालबालिकाकाका अभिभावकहरुलाई अविलम्ब सम्पर्कमा आउन पनि अनुरोध गरिएको छ ।...

Read More

एनआरएनए र आइओएमबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) बीच आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त तथा उपाध्यक्ष डा. बद्री केसीले हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकको स्वेच्छिक फिर्ती, उनीहरुका लागि दिगो पुनःएकीकरण कार्यक्रम, सुरक्षित आप्रवासनसहित आर्थिक तथा मानवीय विकासका लागि सहकार्य गर्ने, उल्लेख छ । यस्तै कोभिड–१९ का कारण प्रभावित विभिन्न गन्तव्य मुलुकबाट स्वदेश फर्कनु परेका नेपाली श्रमिकका लागि स्वरोजगारीका अवसर, क्षमता अभिवृद्धि, उद्यमशीलता लगायतका क्षेत्रमा सहकार्य गर्ने, आप्रवासन सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति तथा लक्ष्य प्राप्तिमा नेपाल सरकारसँग सहकार्य...

Read More

मेलम्ची र हेलम्बुका बाढीपीडितलाई टोखाको २० लाख सहयोग

काठमाडौँ– टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई रु २० लाख सहयोग गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाको सोमबार बसेको ७०औँ नगर कार्यपालिकाको बैठकले असार २ गते राति गएको बाढी तथा पहिरोबाट पीडित जनतालाई राहत र उद्दारका लागि उक्त सहयोग गर्ने निर्णय गरेको हो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले सिन्धुपाल्चोकमा बाढी र पहिरोले पुर्‍याएको क्षति तथा उद्दारका लागि टोखाले कार्यपालिकाको बैठकमार्फत रु. २० लाख राहतको घोषणा गरेको जानकारी दिए । ‘मेलम्ची नै काठमाडौँ उपत्यकाको पानीको प्रमुख स्रोत भएको र सो स्थानमा विपद् पर्दा नगरपालिकाले थोरै भए पनि सहयोग गर्ने उदेश्यले उक्त राहत प्याकेज घोषणा गरेका हौँ’...

Read More

रोकिएनन् विवाह भोज, गाउँभर सङ्क्रमित

बलेवा– जिल्लाभर निषेधाज्ञा जारी भए पनि लगनको महिना भएकाले विवाह, वर्तबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांकृतिक कार्य रोकिएका छैनन् । निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांकृतिक कार्यमा सहभागि हुन प्रशासनले आग्रह गरेको भए पनि सुरक्षाकर्मी र प्रशासनको उपस्थिति कम रहेका ठाउँमा यस्ता कार्य पूर्ववत् रूपमा चलिरहेका हुन् । जिल्ला सदरमुकाममै केही दिन पहिला विवाह भोजमा सहभागि भएका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एउटै गाउँमा यती धेरै जनामा सङ्क्रमण देखिएको हो । विवाहमा सहभागि भएका ५० जनाको परीक्षण गर्दा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खानाल बताउँछन् । गाउँभरीनै ज्वरो,...

Read More

जथाभावी खनिएका सडकका कारण पहिरोको जोखिम उच्च

विमलबहादुर विष्ट, डोटी– जिल्लाका नौवटै स्थानीय तहमा सडक पुर्‍याउने नाममा यहाँका गाउँघरमा जथाभाबी खनिएका सडकका कारण अहिले पहिराको जोखिम बढ्न थालेको छ । पछिल्लो समय भइरहेको वर्षाद्ले यहाँका गाउँघरका सडक पूर्णरूपमा बन्द भएका छन् । डोजर अपरेटरका सनकका भरमा जथाभाबी सडकको ट्रयाक खन्दा पहिराको जोखीम बढेको स्थानीयवासीले आरोप लगाएका हुन् । विगतका निर्वाचनका समयमा गाउँ घरमा सडक पुर्‍याउने नेताले गरेका बाचाअनुसार खनिएका सडकले जिल्लामा समस्या निम्त्याएको उनीहरूको आरोप छ । जथाभाबी खनिएका सडकले विकासभन्दा पनि विनास बढाएको भन्दै यहाँका स्थानीयवासी आक्रोसित बन्न थालेका छन् । गाउँगाउँमा सडकपुर्‍याउने होडबाजीले सम्भाब्यता अध्यन तथा सर्वेक्षण बिनानै खनिएका यस्ता सडकले बस्तीनै पहिराको जोखीममा...

Read More