Author: Himalaya Post

निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान

खोटाङ– कोरोना सङ्क्रमण फैलिरहेका बेला जारी निषेधाज्ञामा कोरोना सङ्क्रमणको जोखिम मोलेर यहाँका किसानले धान रोप्न शुरु गरेका छन् । धान रोप्न पानी पर्याप्त हुन थालेपछि जोखिम मोलेरै पहाडी जिल्ला लमजुङको ग्रामीण तथा उच्च पहाडी भेगमा वर्षे धान रोप्न शुरु गरिएको हो । बेलाबेला वर्षा हुन थालेसँगै केही दिन अघिदेखि जिल्लाका ग्रामीण तथा उच्च पहाडी क्षेत्रमा धान रोपाइँ शुरु भएको कृषि ज्ञान केन्द्र लमजुङका अर्थविज्ञ मदन रेग्मीले बताएका छन् । उनका अनुसार, जिल्लाको उच्च भेग तथा नदीको नजिक भएको भेगमा रोपाइँ हुन थालेको छ । विशेषगरी यतिबेला जिल्लाको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मु, बाहुन डाँडालगायत जिल्लाको माथिल्लो भेगमा रोपाइँ हुन थालेको कृषि...

Read More

आगलागीमा परी तीन घाइते

पाँचथर– गएराति भएको आगलागीमा परी यहाँको एकै घरका तीन जना घाइते भएका छन् । पाँचथरको फिदिम नगरपालिका–४ जोरसालका दीननाथ सापकोटाको घरमा आगलागी हुँदा ७२ वर्षीया तनमाया, ४९ वर्षीय दीननाथ र ३१ वर्षीय मदन सापकोटा घाइते भएका हुन् । खाना पकाउने ग्याँस चुहिएर अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीमा तनमायाको शरीरका विभिन्न भाग जलेका छन् । यस्तै दीननाथको बायाँ हात र खुट्टा तथा मदनको दायाँ हात र पेट जलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । घाइतेलाई जिल्ला अस्पताल फिदिम भर्ना गरिएको छ । आगलागी सुरक्षाकर्मी र स्थानीयवासीले समयमै नियन्त्रणमा लिँदा...

Read More

मुख्यमन्त्रीलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय

गोदावरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिएका हुन् । मुख्यमन्त्री भट्टले आज विश्वासको मत सदनबाट लिने भएपछि एमाले सुदूरपश्चिम प्रदेश कमिटीको निर्णयले असहयोग गर्न भनि दलका सदस्यलाई ह्वीप जारी गरी पत्र पठाएको तर दलको बैठकले पार्टीको निर्णय विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको जनाइएको छ । प्रदेशमा एमालेका २४ जना सदस्य रहेको संसदीय दलको बैठकमा छ जना प्रदेशसभा सदस्य सहभागी भए पनि उपस्थिति भएका थिएनन् । प्रधानमन्त्री केपी...

Read More

टिपरमा लुकाइछिपाई जङ्गली बँदेलको मासु लैजाँदै गरेका तीन पक्राउ

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट प्रहरीले टिपरमा अवैधरूपमा जङ्गली बँदेलको मासु लुकाएर लैजाँदै गरेका तीन जनालाई गएराति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार ना १ ख ५७७२ नंको टिपरमा बँदेलको मासु लग्दै गरेका वेदकोट नगरपालिका–६ का दिनेश चौधरी, शुक्लाफाँटा नगरपालिका–११ का विशाल टमटा र टिपर चालक मानबहादुर सुनार पक्राउ परेका हुन् । टिपरमा अवैधरूपमा जङ्गली बँदलेलको मासु लुकाएर लैजाने कार्यमा संलग्न तीनै जनामाथि प्रहरीले अनुसन्धान कार्य अगाडि बढाएको छ । टिपरसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइने बताइएको छ ।...

Read More

मापदण्डमा नपरेका र छुटेकाको दबाब : खोप लगाइदिन पर्‍यो

चितवन– यसअघि मापदण्डमा परेर पनि कोरोना विरुद्धको खोप लगाउन वास्ता नगरेकाहरूले यस पटक खोप लगाइदिन दबाव दिएका छन् । जिल्लामा आज र भोलि गरेर ११ हजार जनालाई खोप लगाइँदै छ । जिल्लाका सात पालिकाका ७९ केन्द्रमार्फत खोप लगाउन लागिएको हो । विसं २०१४ जेठ २५ गतेदेखि २०१६ जेठ २५ गतेभित्र जन्मिएका वृद्धवृद्धालाई मात्रै खोप लगाइने छ । मापदण्डमा नपरेका र छुटेकाले सम्बन्धित स्वास्थ्य कार्यालयमा दबाव दिँदै आएका छन् । राजनीतिक दल, पद र प्रतिष्ठाको धाक लगाउँदै उक्त समूहमा नपरेकाहरूले पनि ‘खोप लगाइदिन प¥यो’ भन्दै दबाव दिन थालेका हुन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले तोकिएको उमेर समूहबाहेकका कसैलाई...

Read More