Author: Himalaya Post

बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौं – संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा सुरक्षा चुनौतीका बीच शान्ति स्थापनाको आवश्यकता झन् बढ्दै गएको बताएको छ । विगत ७८ वर्षदेखि यो विश्व संस्थाले द्वन्द्वप्रभावित क्षेत्रमा शान्ति सैनिकको उपस्थितिले हिंसा न्यूनीकरण, नागरिक सुरक्षा तथा दिगो शान्ति प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ । महासचिव एन्टोनियो गुटेरेसले पनि वर्तमान समयमा शान्ति स्थापना स्थायित्व, सुरक्षा र आशा पुनःस्थापित गर्ने प्रभावकारी तथा कम खर्चिलो माध्यम भएको बताएको छ । राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा आज एक सन्देश दिँदै उनले शान्ति ‘मिसन’लाई प्रभावकारी बनाउन सदस्य राष्ट्रहरूको निरन्तर राजनीतिक समर्थन र भरपर्दो आर्थिक सहयोग अपरिहार्य भएको बताएको हो ।...

Read More

गणतन्त्रले सङ्घीय संरचनागत आधार बनायोः मुख्यमन्त्री कँडेल

कर्णाली – नेपालमा गणतन्त्र स्थापना दुई दशक पुग्न थालेको छ । २०६५ जेठ १५ गते मुलुकमा गणतन्त्र स्थापना भएसँगै राजतन्त्रको विधिवत् अन्त्य भयो । पहिलो संविधानसभाले संविधान दिन नसकेपछि २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचन भयो र २०७२ सालमा मुलुकले नेपालको संविधान प्राप्त गर्यो । गणतन्त्र स्थापनाको करिब एक दशपछि सङ्घीय संरचनाअन्तरगत २०७४ र २०७९ सालमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भयो । संविधानसम्मत गणतन्त्र र सङ्घीयता संस्थागतको अभ्यासको क्रम एक दशक नपुग्दै २०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलन भयो । परिणामस्वरुपः मुलुक नवपुस्ताको नेतृत्वमा सञ्चालन भइरहेको छ । प्रस्तुत छ, गणतन्त्र दिवसको अवसरमा गणतन्त्रात्मक व्यवस्था, महत्व र...

Read More

सुशासन र आर्थिक पुनरुत्थान केन्द्रित बजेट सार्वजनिक हुँदै

काठमाडौं – सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन् । नेपालको संविधानमा प्रत्येक वर्ष जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्थाअनुसार सदनमा आयव्ययको विवरण पेस हुन लागेको हो । अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको मनोबल बढाउने, पुँजीगत खर्च विस्तार गर्ने तथा रोजगारी सिर्जनामा जोड दिँदै रु १८ खर्ब ९० अर्बदेखि रु २० खर्बसम्मको बजेट प्रस्तुत गर्ने तयारीमा सरकार रहेको अर्थमन्त्रालयका एक जना वरिष्ठ अधिकारीले राससलाई जानकारी दिएका छन् । सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट सार्वजनिक हुने उनको भनाइ छ...

Read More

राष्ट्रपति पौडेल गणतन्त्र दिवस विशेष समारोहमा सरिक

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएको छ । त्यसअवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस २०८३’ लेखिएको व्यानर प्रदर्शन र पुष्पवृृष्टि गरिएको थियो । साथै राष्ट्रिय झण्डा फहराइएको र शान्तिको कामना गर्दै परेवा उडाइएका थिए । समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरी बलका तर्फबाट ‘मार्चपास’ गरिएको थियो । काठमाडौँ उपत्यकाका विभिन्न स्थानीय तहबाट मुलुकको मौलिक कला संस्कृति झल्कने झाँकी प्रस्तुत भएको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री एवं गणतन्त्र दिवस...

Read More

कांग्रेसले संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने

काठमाडौँ – नेपाली कांग्रेसले सङ्घीय संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने भएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकमा संसद्मा पार्टीको भूमिका थप प्रभावकारी रूपमा अघि बढाउने र बजेटका सम्बन्धमा आवश्यक छलफल भएको थियो । बैठकको निर्णय बारे जानकारी दिँदै कांग्रेस प्रमुख सचेतक वासना थापाले शुक्रबार प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेट र संसदीय दलको कार्यसमितिका बारेमा छलफल भएको बताउनुभयो । उनले भनिन्, “मुख्य गरी संसद्मा आगामी रणनीतिको सम्बन्धमा र भोलि प्रस्तुत हुने बजेटका सम्बन्धमा छलफल गर्यौँ, साथै हाम्रो संसदीय दलको कार्यसमितिमा केही पदहरू रिक्त थियो । त्यसलाई पूर्णता दिने विषयमा छलफल भयो ।” बैठकमा संसद्का विषयगत समितिको...

Read More