Author: Himalaya Post

नेपाल फर्कन तयारी हुनुहोस्ः सभामुख अर्याल

मलेखु (धादिङ)- सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका सम्पुर्ण नेपालीहरुलाई स्वदेश फर्कन आग्रह गरेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा पुगेका सभामुख अर्यालले उक्त धारण राखेका हुन्। पुरुषोत्तम महोत्सव स्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले देशको संविधान र कानुनको पूर्ण पालना गर्न सरकार कटिबद्ध रहेको धारण राखेका छन्...

Read More

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव जेठ १७ गतेदेखि आयोजना हुने

काठमाडौं  – आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा जेठ १७ गतेदेखि काठमाडौंमा छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुने भएको छ । महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी जेठ १७, १८ र १९ गते काठमाडौंस्थित चलचित्र विकास बोर्डमा आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना गर्ने जनाएको हो । महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एनाइ जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिने महोत्सव निर्देशक सागर केरुङले जानकारी दिए । महोत्सवमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र तथा कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट स्क्रिप्ट, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकन, प्रोत्साहन...

Read More

शुक्रबार आगामी आर्थिक वर्षको बजेट आउँदै

काठमाडौँ – अर्थमन्त्री डा .स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन् । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाइ जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले बजेट प्रस्तुत गर्दैछ । निर्वाचनका क्रममा सो पार्टीले प्रस्तुत गरेको वाचापत्र, सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका १०० बुँदे कार्ययोजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका आधारमा बजेट आउने बताइएको छ । सङ्घीय संसद्का दुवै सदनमा सांसदहरूले दिनुभएको सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले गत फागुन २१ को निर्वाचनमा व्यक्त गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्रलगायतका विषयलाई बजेटको केन्द्रमा राखिएको छ । यही...

Read More

एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छः परराष्ट्र मन्त्री

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले हाल छलफलका लागि सार्वजानिक गरिएको गैरआवासीय नेपालीसम्बन्धी विधेयकको मस्यौदमा सबै सरोकार भएका निकायका प्रतिनिधिसँग व्यापक छलफल हुने बताएका छन् । एशोसिएशन अफ नेपाली ओरिजिन एएनओ केन्द्रीय समितिका तर्फबाट उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त नेतृत्वको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा उनले हाल सार्वजनिक भएको मस्यौदा एकप्रकारले ‘शून्य ड्राफ्ट’ भएको जानकारी दिँदै त्यसमा सबै पक्षसँग बृहत् छलफल गरेर मात्र संसद्मा पेस हुने बताए। एनआरएनए  ऐनको सार्वजनिक मस्यौदाका कतिपय बुँदा अव्यावहारिक रहेका र विदेशिएका नेपालीलाई नेपालसँग जोड्नका लागि पर्याप्त नरहेको भन्दै मन्त्री खनालको ध्यानाकर्षण गराएको थियो । एनआरएनएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै मन्त्री खनालले यो विधेयकका सम्बन्धमा आफूले...

Read More

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा इद–उल–अज्हाको शुभकामना आदानप्रदान

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर  इद–उल–अज्हाको अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री बानियाँले बुधबार शुभकामना सन्देश जारी गर्दै नेपाल तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् । उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको उल्लेख गर्दै विविधताबिचको एकता र आपसी सदभाव नै नेपालको राष्ट्रिय पहिचान र गौरव भएको बताएका छन् । मुख्यमन्त्री बानियाँले प्रत्येक जातजाति र धर्मावलम्बीका आफ्नै मौलिक परम्परा र सांस्कृतिक महत्त्व रहेको उल्लेख गर्दै त्याग, बलिदान र आपसी भ्रातृत्वको...

Read More