Author: Himalaya Post

मानव अधिकार आयोगको प्रतिवेदनप्रति नेपाली कांग्रेसको आपत्ति, निष्पक्ष छानबिनको माग

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपाबाट जारी प्रेस विज्ञप्तिमार्फत कांग्रेसले आयोगको प्रतिवेदनमा उल्लेख गरिएका विषयवस्तुप्रति असन्तुष्टि व्यक्त गर्दै निष्पक्ष अनुसन्धान र तथ्यमा आधारित निष्कर्ष आवश्यक रहेको बताएको हो। विज्ञप्तिमा नेपाली कांग्रेसले आफ्नो स्थापना कालदेखि नै लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारको पक्षमा निरन्तर संघर्ष गर्दै आएको स्मरण गराएको छ। पार्टीले जनताको अधिकार र स्वतन्त्रताका लागि पटक–पटक आन्दोलन तथा बलिदानीपूर्ण इतिहास बोकेको उल्लेख गर्दै कुनै पनि प्रकारको अन्याय, दमन र हिंसाको विपक्षमा सधैं उभिँदै आएको जनाएको छ। कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगले...

Read More

माथिल्लो त्रिसूली १ जलविद्युत्को ‘वेयरगेट’ सञ्चालन

काठमाडौं – रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिसूली १ जलविद्युत् आयोजनाको पानी बहाव नियन्त्रण गर्ने वेयरगेट (ड्यामको गेट) उद्घाटन गरिएको छ । नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले आज रसुवामा आयोजित कार्यक्रममा आयोजनाको एक महत्वपूर्ण हिस्साका रूपमा रहेको वेयरगेटको उद्घाटन गरेसँगै सो जलविद्युत् परियोजना निर्माण अन्तिम चरणमा पुगेको नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले जनाएको छ । सो अवसरमा राजदूत पार्कले गणतन्त्र कोरियाली सरकारले विगत ५२ वर्षदेखि नेपालको दिगो आर्थिक विकास र समृद्धिलाई समर्थन गर्दै नेपालको भरपर्दो विकास साझेदार बनेको बताए । उनले कोरियाका तर्फबाट नेपालमा तीन वटा जलविद्युत् आयोजना निर्माण हुनुका साथै आवश्यक वित्तीय साझेदारी रहेको उल्लेख गर्दै...

Read More

ट्रेड युनियन अधिकार कायम राख्न माग गर्दै काँग्रेसले गर्यो काठमाडौंमा प्रदर्शन

काठमाडौं – ट्रेड युनियन अधिकार कायम राख्न माग गर्दै नेपाल टेड युनियन काँग्रेसले काठमाडौंमा प्रदर्शन गरेको छ । ट्रेड युनियन अधिकार रक्षार्थ एवं श्रमिकमैत्री बजेटका लागि भन्दै नेपाल टेड युनियन काँग्रेसले बिहीबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म खवरदारी अभियानसहित प्रदर्शन गरेको हो । उनीहरुले ट्रेड युनियन अधिकार हनन गर्न पाइदैन, राष्ट्रिय श्रम आयोग गठन गर, सहकारी पीडितलाई न्याय देउ, उपदान पेन्सनमा लगाइएको कर खारेज गर, जीउन पुग्ने पारिश्रमिक कायम गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले अन्तराष्ट्रिय कानूनको समेत उलंघन गर्दै ट्रेड युनियन अधिकार खारेज गर्ने काम उचित नभएको बताएका छन् । उनले...

Read More

नेपाल एसबिआई मर्चेन्टद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री वितरण

काठमाडौं – नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राष्ट्रिय माध्यमिक विद्यालय, इन्द्रायणी, काठमाडौंमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री, ब्याग तथा कुर्सीहरु वितरण गरेको छ । शिक्षा क्षेत्रमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले आयोजित उक्त कार्यक्रम विद्यालय परिसरमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार भण्डारी, सञ्चालन प्रमुख केदार प्रसाद पुडासैनी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी नारायण श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक अर्जुन कारञ्जित, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार भण्डारीले गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्नु...

Read More

गणतन्त्र दिवसमा नेपाल टेलिकमको विशेष अफर, दैनिक १० जीबीसम्म डाटा

काठमाडौं – नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई गणतन्त्र दिवस अफर २०८३ उपलब्ध गराउने भएको छ । अफर अन्तर्गत न्यु इयर लाइट र न्यु इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन् । न्यु इयर लाइट अन्तर्गत ४९९ मा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ र ५ जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ । त्यसैगरी न्यु इयर प्रिमियम अन्तर्गत रु. ६९९ मा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ र १० जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड...

Read More