Author: Himalaya Post

जलविद्युतको ‘वेयरगेट’ सञ्चालन

काठमाडौँ-  रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिसूली १ जलविद्युत् आयोजनाको पानी बहाव नियन्त्रण गर्ने वेयरगेट ड्यामको गेट उद्घाटन गरिएको छ । नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले आज रसुवामा आयोजित कार्यक्रममा आयोजनाको एक महत्वपूर्ण हिस्साका रूपमा रहेको वेयरगेटको उद्घाटन गरेसँगै सो जलविद्युत् परियोजना निर्माण अन्तिम चरणमा पुगेको नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले जनाएको छ । सो अवसरमा राजदूत पार्कले गणतन्त्र कोरियाली सरकारले विगत ५२ वर्षदेखि नेपालको दिगो आर्थिक विकास र समृद्धिलाई समर्थन गर्दै नेपालको भरपर्दो विकास साझेदार बनेको बताएका छन् । उनले कोरियाका तर्फबाट नेपालमा तीन वटा जलविद्युत् आयोजना निर्माण हुनुका साथै आवश्यक वित्तीय साझेदारी रहेको उल्लेख गर्दै...

Read More

मानवअधिकार आयोगको प्रतिवेदनलाई निष्पक्ष ढंगले कार्यान्वयन गर्न माग गर्दै ; कांग्रेस प्रमुख सचेतक वासना थापा

काठमाडौं- नेपाली कांग्रेसले जेनजी आन्दोलन सम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदनलाई निष्पक्ष ढंगले कार्यान्वयन गर्न माग गरेको छ । बिहीबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले आयोगको प्रतिवेदनका बारेमा सामान्य छलफल भएको भन्दै सत्यतथ्य छानबिन गरेर कानुनसम्मत रूपमा प्रतिवेदनलाई अगाडि बढाउनुपर्ने बताएकी छन् । उनले प्रतिवेदनमा उल्लेख बिषयहरु सत्य भए त्यसलाई अघि बढाउन कांग्रेसको पूर्ण समर्थन रहने समेत उल्लेख गरेकी छिन्। प्रमुख सचेतक थापाले गणतन्त्र दिवसको समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने बिषय गैर जिम्मेवार भएको टिप्पणी गरेकी छिन् । प्रधानमन्त्रीले सम्बोधन गर्न नसक्नुको कारणबारे जानकारी गराउन सक्नुपर्ने उनको भनाइ छ । संसदीय दलको बैठकमा संसदमा पार्टीको भूमिकालाई अझै...

Read More

आस्थामाथि प्रहार भन्दा पनि दलितको पीडा बोलेको हो; जनक परियार

काठमाडौं – दलित अभियान्ता जनक परियारले हालै दिएको अभिव्यक्तिप्रति स्पष्टिकरण दिदै धर्मीक आस्थामाथि प्रहार भन्दा पनि दलितमाथिको उत्पीडनविरुद्धको अभिव्यक्ति बताएका छन् । बिहिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरि धार्मीक आस्थामाथि चोट पुग्न गएको भन्दै क्षामासमेत मागेका छन् । ‘प्रहरी हिरासतमा मृत्यु भएका श्रीकृष्ण विश्वकर्मा’को न्यायका लागि गत १२ गते मंगलबार संवाद डबलीमा आमा विन्दमया विश्वकर्मासहित अन्तरक्रियामा अभियान्ता जनकले दिएको अभिव्यक्तिको व्यापक आलोचना भएको थियो । सामाजिक सञ्जालमा आलोचनापछि जनकले सो बारे स्पष्टिकरण दिदै भने,“मैले दलित समुदायका सायौं अन्यायपूर्ण मृत्युबरण गर्नुपरेका श्रीकृष्ण विक लगायतका साथिहरुको न्यायको गुहार माग्नेक्रममा बोलेको अभिव्यक्ति हो, निश्चित धार्मीक आस्थामाथि आक्रोश व्यक्त गरेको हैन ।”...

Read More

पृथ्वीचोकस्थित सरकारी जग्गामा बनेका संरचनामा चल्यो डोजर

गण्डकी – पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी विभिन्न सङ्घसंस्थाले बनाएका अनधिकृत भवनमा महानगरले आज डोजर चलाएको छ । हङ्कङ बजारको पूर्वपट्टी रहेका नेपाल ट्रेड युनियन कांग्रेस, जिफन्ड गण्डकी, सामुदायिक प्रहरी, सहारा क्लब, हिमाली सांस्कृतिक परिवारको भवन, सार्वजनिक शौचालयलगायतका संरचना हटाउन सुरु गरिएको हो । सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा दुईवटा डोजर प्रयोग गरेर संरचना हटाउन थालिएको हो । महानगरले संरचना हटाउने पूर्वसूचना गरेपछि सङ्घसंस्था र व्यवसायीले भवन तथा सटर आफैँ खाली गरेका थिए । महानगर प्रमुख धनराज आचार्यले अतिक्रमित संरचना हटाएर दुई लेनको सडक निर्माण गरिने बताए । उक्त सडक निर्माणपछि पृथ्वीचोकको ट्राफिक व्यवस्थापन सहज हुने उनको भनाइ...

Read More

सिंगापुर जाने राष्ट्रिय क्रिकेट टोलीलाई क्यानद्वारा विदाई

काठमाडौं – एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरेको हो । सिंगापुरमा ३१ मे देखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ए मा नेपाल, मलेसिया र चीन रहेका छन् भने समूह बी मा ओमान, हङकङ, बहराइन र सिंगापुर छन् । यसअघि समूह ए मा रहेको कतारले भने प्रतियोगितामा सहभागी नजनाउने निर्णय गरिसकेको छ । विदाई कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टीमको माहोल निकै राम्रो रहेकाले...

Read More