Author: Himalaya Post

नेपाल एसबिआई मर्चेन्टद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री वितरण

काठमाडौं – नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राष्ट्रिय माध्यमिक विद्यालय, इन्द्रायणी, काठमाडौंमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री, ब्याग तथा कुर्सीहरु वितरण गरेको छ । शिक्षा क्षेत्रमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले आयोजित उक्त कार्यक्रम विद्यालय परिसरमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार भण्डारी, सञ्चालन प्रमुख केदार प्रसाद पुडासैनी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी नारायण श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक अर्जुन कारञ्जित, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार भण्डारीले गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्नु...

Read More

गणतन्त्र दिवसमा नेपाल टेलिकमको विशेष अफर, दैनिक १० जीबीसम्म डाटा

काठमाडौं – नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई गणतन्त्र दिवस अफर २०८३ उपलब्ध गराउने भएको छ । अफर अन्तर्गत न्यु इयर लाइट र न्यु इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन् । न्यु इयर लाइट अन्तर्गत ४९९ मा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ र ५ जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ । त्यसैगरी न्यु इयर प्रिमियम अन्तर्गत रु. ६९९ मा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ र १० जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड...

Read More

साना व्यवसाय र महिला उद्यमीलाई प्रवर्द्धन गर्न २ करोड ५० लाख डलरको कर्जा सम्झौता

काठमाडौं- बेलायतको विकास वित्त संस्था तथा प्रभावमुखी लगानीकर्ता ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (BII) र लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) बीच २ करोड ५० लाख अमेरिकी डलर बराबरको कर्जा सुविधा सम्झौता सम्पन्न भएको छ। यस सहकार्यको उद्देश्य नेपालका लघु, साना तथा मझौला उद्यम (MSMEs) लाई वित्तीय पहुँच विस्तार गर्नुका साथै विशेषगरी महिला उद्यमीलाई प्रोत्साहन गर्नु हो। नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) मा MSME क्षेत्रको योगदान करिब २२ प्रतिशत रहेको छ भने यस क्षेत्रले झन्डै २० लाख मानिसलाई रोजगारी प्रदान गरेको छ। तर विश्व बैंक र नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वित्तीय संस्थाको सीमित पहुँच तथा उद्यमीको आवश्यकता र बैंकिङ प्रक्रियाबीचको असमानताका कारण...

Read More

‘बन्छ मेरो देश’ भन्ने आशा र विश्वास जगाउन जरुरी छ; उपनेता अर्याल

  काठमाडौँ – नेपालमा २०६५ जेठ १५ गते बसेको ऐतिहासिक संविधानसभाको पहिलो बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा ग¥यो । गणतन्त्रको घोषणासँगै यस प्रणालीको कार्यान्वयन हुँदै गयो भने २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएपछि सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली संस्थागत भयो । प्रस्तुत छ, गणतन्त्र प्राप्तिको १८ वर्षका सन्दर्भमा नेकपा एमाले संसदीय दलका उपनेता पद्ममा अर्यालसँग  समाचारदाता कालिका खड्काले गरेको कुराकानीको अंश: नेपालमा निकै ठूलो सङ्घर्ष र बलिदानीबाट गणतन्त्र स्थापना गरियो । तत्कालीन अवस्थामा गणतन्त्रको आवश्यकता किन महसुस गरिएको थियो? सर्वप्रथम म गणतन्त्र दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु । लामो सङ्र्घष र बलिदानीबाट प्राप्त गरेको छ...

Read More

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज  –  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रू एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ आयात भएको छ । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधार यो नाका हुँदै रू २५ अर्ब ५३ करोड अर्थात १६ दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो । जबकी गत आवको १० महिनामा भने रू एक खर्ब ५६ अर्ब १७ करोड मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको १० महिनामा पेट्रोलियम पदार्थहरुको आयातबाट रू ६७ अर्ब १९ करोड राजस्व सङ्कलन गरेको...

Read More