Author: Himalaya Post

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपाल बाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

काठमाडौं – सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नयाँ वानेश्वरमा अबस्थित नेपाल बाल सेवा फाउन्डेसनका बालबालिकाहरुलाई आर्थिक सहयोग गरेको छ । संस्थाले सञ्चालनको सुरु समय देखि विभिन्न जिल्लाका अनाथ, असहाय बालबालिकाहरुको सेवा गर्दै हाल ४५ जना बालबालिकाहरुको संरक्षण गरिरहेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले उक्त बाल आश्रममा आश्रित बालबालिकाहरु मध्ये शाम्भवि स्कुलमा अध्ययन गर्ने ८ जना बालबालिकाहरुको लागि वार्षिक पढाई शुल्क ३० जहारका दरले जम्मा २ लाख ४० हजार रुपैयाँ मात्र आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले मानव कल्याण र समाज हितका क्षेत्रमा विभिन्न गतिविधिहरू गर्दै आएको छ । यस प्रकारका कार्यप्रति कम्पनिले सक्रिय भूमिका...

Read More

चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच द्विपक्षीय व्यापार तथा लगानीबारे छलफल

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिकरबीच मंगलबार नेपाल चेम्बर अफ कमर्स सचिवालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । भेटका क्रममा द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध, लगानी प्रवद्र्धन, पर्यटन विकास तथा खाडी क्षेत्रमा कार्यरत नेपालीहरूको सुरक्षालगायतका विषयमा विस्तृत छलफल भएको थियो । सो अवसरमा अध्यक्ष अग्रवालले साउदी अरेबिया नेपालका लागि अत्यन्त महत्वपूर्ण आर्थिक साझेदार रहेको बताए । विशेषगरी वैदेशिक रोजगारी, विप्रेषण (रेमिट्यान्स) तथा लगानीका सम्भावनाका कारण साउदी अरेबियाको भूमिका नेपालको अर्थतन्त्रमा महत्वपूर्ण रहेको उनले उल्लेख गरे । अध्यक्ष अग्रवालले हाल नेपाल र साउदी अरेबियाबीचको द्विपक्षीय व्यापार...

Read More

मुस्लिम समुदायले मनाउँदै बकर ईद, देशभर मस्जिदमा घुइँचो

काठमाडौं – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) नेपालमा पनि मनाइदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लाग्छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । मुस्लिम धर्मावलम्बीले शनिबारसम्म तीन दिन...

Read More

नेपाल-भारत सहयोग अन्तर्गत अशोक लेल्याण्डका १० वटा कैदी वाहक गाडी हस्तान्तरण

वीरगंज – नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत अशोक लेल्याण्ड का १० वटा कैदी वाहक गाडी नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । वीरगञ्जमा आयोजित एक कार्यक्रममा आईएमई मोटर्सका उपमहाप्रबन्धक (डीजीएम) सुशील सुबेदीद्वारा भारतका महावाणिज्यदूत देवी सहाय मीनालाई औपचारिक रूपमा सवारी साधनहरू हस्तान्तरण गरिएको थियो । सोही कार्यक्रममा भारतका महावाणिज्यदूत देवी सहाय मीनाद्वारा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई उक्त सवारी साधनहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । विशेष सुरक्षा प्रयोजनका लागि तयार गरिएका अशोक लेल्याण्ड “पार्टनर” गाडीहरू आधुनिक प्रविधि, मजबुत संरचना तथा भरपर्दो कार्यसम्पादनका लागि परिचित छन् । कैदी ओसारपसार तथा सुरक्षा व्यवस्थापनलाई थप सुरक्षित र व्यवस्थित बनाउन लक्षित यी...

Read More

‘इसेवा ह्‌याकाथन २०२६’ सौराहामा आयोजना हुँदै  

काठमाडौँ – नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आगामी जेठ १५ देखि १७ गतेसम्म पर्यटकीय नगर चितवनको सौराहामा “इसेवा ह्‌याकाथन २०२६” (eSewa Hackathon 2026) आयोजना गर्ने भएको छ । वन्यजन्तु तथा पर्यावरण संरक्षणका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था विश्व वन्यजन्तु कोषसँगको सहकार्यमा इसेवाले उक्त ह्‌याकाथन आयोजना गर्न लागेको हो। विगत १७ वर्षदेखि सहज र सुरक्षित भुक्तानी प्रणालीको विकास, डिजिटल अर्थतन्त्रको विस्तार र वित्तीय समावेशीकरण लगायतका क्षेत्रमा काम गर्दै आएको इसेवाले आफ्नो नियमित सेवा सञ्चालनका अतिरिक्त नवप्रवर्तन, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यहरू गर्दै आएको छ । यसैअन्तर्गत नेपालमा नवप्रवर्तन संस्कृतिको विकास, डिजिटल समाधानको खोजी तथा युवा उद्यमशीलता प्रवर्द्धन...

Read More