Author: Himalaya Post

सुनचाँदीको मूल्य भारि गिरावट

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ५५ सय रूपैयाँले घटेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ५ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८५ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार ८० रूपैयाँ कायम भएकोमा आज २१५ रुपैयाँले घटेर ४ हजार ८६५ रुपैयाँ कायम भएको छ...

Read More

नियतिको पिंजडाभित्र थुनिएको एउटा कलाकार : पवन मैनाली

कहिलेकाहीँ जीवन यति निर्दयी बन्छ कि, पर्दामा अरूलाई डर देखाउने कलाकार अन्त्यमा आफ्नै पीडासँग हारिरहेको भेटिन्छ। नेपाली चलचित्रका चर्चित खलनायक पवन मैनालीको जीवन आज त्यस्तै एउटा दर्दनाक कथामा बदलिएको छ। एक समय उनको आवाज सुन्नासाथ हल सन्नाटा हुन्थ्यो, उनको आँखाको हेराइले दर्शक झस्किन्थे, अनि उनको अभिनयले पर्दामा आगो बाल्थ्यो। तर आज त्यही कलाकार आफ्नै शरीरभित्र कैद छन्। शरीरको आधा भाग चल्दैन, स्पष्ट बोल्न सक्दैनन्, पाइला कमजोर छन्। तर मनभित्र अझै अभिनय गर्ने अधुरो सपना बाँकी छ। एक समय नेपाली चलचित्र उद्योगमा उनको नाम नै पर्याप्त थियो। वसन्ती , शिवशक्ति , आँधीबेहरी , आफन्त , जन्मभूमि, छोरी बुहारी , सुन...

Read More

भारत सरकारको अनुदानमा १४ विद्यालय निर्माण प्रक्रिया अघि बढ्यो

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले नेपालका गोरखा, नुवाकोट, धादिङ, दोलखा, काठमाडौं, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लाहरुमा १४ वटा विद्यालयहरुको निर्माणका लागि सम्झौता पत्रहरुमा हस्ताक्षर गरेको छ । यी विद्यालयहरु नेपालमा सञ्चालित भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहायताकै हिस्साको रुपमा नेरु। ५६.०२ करोड अनुदान सहयोगमा निर्माण हुनेछन् । उक्त कार्यक्रममा भारतीय राजदूतावासका विकास साझेदारी एवम् पुनर्निर्माण प्रभागका काउन्सलर, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक, इकाईका अधिकारीहरु तथा ठेकेदारका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यी विद्यालयहरु नेपाल सरकारको भूकम्प प्रतिरोधी पुनर्निर्माण सम्बन्धी मापदण्ड बमोजिम निर्माण गरिनेछन् । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, फर्निचर सहितका कक्षाकोठाहरु...

Read More

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट

काठमाडौं –उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीचले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच शान्तिपूर्ण सहअस्तित्व, आपसी सम्मान र दीर्घकालीन मैत्रीमा आधारित नेपाल–चीन सम्बन्ध, आर्थिक सहयोग तथा भावी सहकार्यका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उपराष्ट्रपति यादवले बितेका चार दशकमा चीनले हासिल गरेको प्रगतिको सराहना गर्दै दुई देशबीच व्यापार, पर्यटन, पूर्वाधार, ऊर्जा र प्रविधि हस्तान्तरणमा चिनियाँ साझेदारी आवश्यक भएकामा जोड दिए । राजदूत चाङ माओमिङले चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताए । नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकता दिएको चर्चा गर्दै उनले दुवै देशका जनताको...

Read More

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

काठमाडौं – नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषका निर्देशक छबिरमण अधिकारी र बैंकका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गरको हुन् । सम्झौतामा योगदानमा आधारित भ–नभएको उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने, गराउने व्यवस्था रहेको छ । बैंकका कर्मचारीहरूले मासिक वार्षिक रूपमा कोष कट्टी गरी नियमित रूपले लगानी कोषमा रकम जम्मा गर्नुपर्ने छ । कोषले बैंकका कर्मचारीहरूको व्यक्तिगत खाता तयार गरी अभिलेख राख्ने छ । बैंकको सिफारिसमा सेवा निवृत कर्मचारीलाई अवकाश रकम भुक्तानी गर्ने व्यवस्था कोषले गर्नेछ । त्यसैगरी, बैंकका कर्मचारीहरूले...

Read More