Author: Himalaya Post

नेपाल प्रहरीका आईजीपी कार्कीमाथि अन्यायपूर्ण आरोप

काठमाडौं- संकट व्यवस्थापनदेखि ऐतिहासिक शान्तिपूर्ण निर्वाचनसम्म आईपुग्दा नेपाल प्रहरीका आईजीपीमाथि अन्यायपूर्ण आरोप लागेको छ । देश संकटमा हुँदा नेतृत्व सम्हालेका कार्कीमाथि अहिले आरोप किन अन्यायपूर्ण? पछिल्लो समय सामाजिक सञ्जाल, सार्वजनिक बहस तथा विभिन्न राजनीतिक वृत्तमा नेपाल प्रहरीका वर्तमान आईजीपी दानबहादुर कार्कीमाथि जेनजेड आन्दोलनका घटनालाई लिएर विभिन्न किसिमले प्रताडना दिने दुष्प्रयास भइरहेको छ । तर घटनाको समग्र सन्दर्भ, तत्कालीन कमाण्ड संरचना तथा त्यसपछिका संस्थागत सुधार र नेतृत्वलाई हेर्दा वर्तमान नेतृत्वमाथि दोष थोपरेर प्रताडना दिइरहनु अन्यायपूर्ण हुने तर्क झन् बलियो बन्दै गएको छ । सुरक्षा स्रोतहरूका अनुसार तत्कालीन एआईजी कार्की २३ गतेको घटनामा उपत्यका प्रहरी कार्यालयको कमाण्डमा थिएनन् । उनी २४...

Read More

खेलकुदले स्वस्थ, अनुशासित र उज्ज्वल समाज निर्माण गर्छ; मुख्यमन्त्री बानियाँ

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खेलकुद क्षेत्र युवाको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधार भएको बताएका छन्। रनिङ सिल्ड उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खेलकुदले युवालाई स्वस्थ, अनुशासित, आत्मविश्वासी र सक्षम बनाउने उल्लेख गरेका छन्। मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकारले विद्यालयस्तरदेखि अन्तरप्रदेशस्तरीय प्रतियोगितासम्म खेलकुद गतिविधिलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी दिँदै जिल्लादेखि प्रदेशस्तरसम्म खेललाई जोड्ने नीति लिएको बताए। उनले यस्ता प्रतियोगिताले खेलाडीहरूबीच स्वस्थ प्रतिस्पर्धा विकास गर्नुका साथै नयाँ प्रतिभा उत्पादन गर्न सहयोग पुग्ने धारणा राखेका छन्। कार्यक्रममा बागमती प्रदेशका खेलकुद मन्त्री उर्मिला नेपाल ,बागमती प्रदेशका पूर्व खेलकुद मन्त्री मिन कृष्ण महर्जन, खेलकुद सदस्य सचिव दिपक लामा लगायत विभिन्न...

Read More

बेल्जियम रेल–मिनीबस दुर्घटनामा ४ को मृत्यु

एजेन्सी – बेल्जियमको बुगेनहाउट सहर नजिक मङ्गलबार बिहान उच्च गतिमा आएको रेल र रेलवे क्रसिङ पार गरिरहेको मिनीबसबीच भएको भीषण ठक्करमा दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ भने पाँच जना बालबालिका गम्भीर रूपमा घाइते भएका छन् । ब्रसेल्सबाट करिब ३० किलोमिटर उत्तरपश्चिममा रहेको उक्त क्षेत्रमा व्यस्त बिहानको समयमा भएको दुर्घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ । प्रारम्भिक विवरणअनुसार मिनीबस बन्द गरिएको रेल क्रसिङ अवरोध पार गर्दै अघि बढिरहेको देखिएको थियो । सोही क्रममा तीव्र गतिमा आएको रेलले ठक्कर दिएको हो । इस्ट फ्ल्यान्डर्स सार्वजनिक अभियोजन कार्यालयकी प्रवक्ता लिसा डे वाइल्डका अनुसार बस चालक, १२ र १५ वर्ष उमेरका...

Read More

सञ्चारमन्त्री र आइटियु क्षेत्रीय प्रतिनिधिबीच शिष्टाचार भेट

काठमाडौं –  सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन–आइटियु) को दक्षिणपूर्व एशिया तथा एशिया–प्रशान्त क्षेत्रका सदस्य राष्ट्रका लागि क्षेत्रीय प्रतिनिधि किशोरबाबु येराबल्लाबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपालको डिजिटल प्राथमिकता, समावेशी ‘कनेक्टिभिटी’, दीगो र पहुँचयोग्य सूचना प्रविधि विकासलगायतका विषयमा छलफल भएको थियो । सो अवसरमा आइटियुका प्रतिनिधि येराबल्लाले नेपालले अघि सारेको डिजिटल रूपान्तरण अभियानलाई प्राविधिक, नीतिगत तथा संस्थागत सहयोगमार्फत सुदृढ बनाउन आइटियुले सहकार्य तथा सहयोग गर्न चाहेको बताए । विशेषगरी डिजिटल पूर्वाधार विस्तार, क्षमता अभिवृद्धि, कानुनी तथा नियामक सुधार र ग्रामीण क्षेत्रमा डिजिटल पहुँच विस्तारमा सहकार्य गर्न सकिने...

Read More

राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत

  काठमाडौँ-  ‘प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।   त्यसैगरी ‘मतदाता नामावली पहिलो संशोधन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको हो ।   ती दुई विधेयक प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सभामा प्रस्तुत गरेकी हुन्।   सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद सुरेशकुमार आले मगर, पदमबहादुर परियार र खम्बबहादुर खातीले भाग लिएका थिए ।   छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले अपाङ्गता भएका व्यक्ति र पिछडिएका क्षेत्रको विषयमा सरकार गम्भीर रहेको उल्लेख । राष्ट्रियसभाको...

Read More